‘मिस्टर नेपाली’ पनि पत्तासाफ? | Khabarhub Khabarhub

‘मिस्टर नेपाली’ पनि पत्तासाफ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुन त नेपालमा फिल्म फ्लप हुनुभन्दा पनि सफल हुनु आश्चर्यजस्तै भएको छ । कति फिल्म त पूरै फ्लप हुन्छन्, पोस्टरको खर्च पनि उठाउन सक्दैनन् । तर, मिडियामा दर्शकको राम्रो प्रतिक्रिया पाएको समाचार छाउँछन् ।

उता फिल्म घाटामा हुँदा निर्माताको ढाड सेक्किएको हुन्छ । र पनि, फिल्मले भयंकर कमायो भनेर आएका समाचार हेरेर निर्माताले खुशी साटासाट गर्छन् ।

हालै प्रदर्शनमा आएको र भुवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ पनि अमेरिकामा खुबै रुचाइएको समाचार मिडियामा आयो । अमेरिकामा च्यारिटी शो मा फिल्म रुचाइयो होला पनि । तर, नेपालमा भने फिल्म चलेन ।

नायिका रीमा विश्वकर्माको त राज चलेन नै । कुनै जमानाका स्टार भुवन केसीको पनि कुनै क्रेज देखिएन । फिल्म हलमा आयो, गयो । तर, फिल्म चलेन ।

विदेशमा रहेर पनि नेपालको माया हुन्छ भन्ने देखाउन खोजिएको फिल्मको ‘ट्रिट’ दर्शकलाई मन परेन । अहिले फिल्म राम्रो भएर त हलमा दर्शक नपाइरहेको अवस्थामा अब कामचलाउ फिल्म बनाएर मात्र त कसरी चल्छ ?

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : २० बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका