मन्त्री फेर्न निर्णायक छलफलमा ओली– प्रचण्ड | Khabarhub Khabarhub

मन्त्री फेर्न निर्णायक छलफलमा ओली– प्रचण्ड


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठनको अन्तिम कसरतमा जुटेका छन् ।

बुधवार विहान दुई घन्टाभन्दा लामो समय प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको हो ।

बुधबार(आज) मन्त्रिमण्डल हेरफेरको तयारी रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका थिए ।

मन्त्रिमण्डल हेरफेरका लागि कसकसलाई विदा गर्ने र क–कसलाई ल्याउने भन्ने बारेमा छलफल गर्न प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ ।

मन्त्रिहरुको टुंगो लागिसकेपछि ओली प्रचण्ड शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसबारे जानकारी गराउने तयारी भएको बालुवाटार निकट श्रोतको भनाइ छ ।

त्यसलगत्तै सचिवालय बैठक बसेर पार्टी अध्यक्षहरुको निर्णलाई बैठकले अनुमोदन गर्ने तयारी गरिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो साढे १२ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ५७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६