सडकमा गरेको कालोपत्रे एकैदिनमा उप्किएपछि... | Khabarhub Khabarhub

सडकमा गरेको कालोपत्रे एकैदिनमा उप्किएपछि…


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो ।

अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सुनाउने अवसर पाए ।

बुधबार र बिहीबार रामरेखास्थित जसवीर टोलमा कालोपत्रेको काम भएको थियो । झण्डै १०० मीटरको यो खण्डको आधाजसो कालोपत्रे गरिएको छ । बाँकी खण्ड कालोपत्र गरिँदैछ । टोलका सामाजिक अगुवाले हातैले कालोपत्रे उप्काएर देखाएपछि नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले तत्काल ठेकेदारका प्रतिनिधिलाई फोन गरे ।

तिलक निर्माण सेवाले सदरमुकामका विभिन्न भित्री सडकको कालोपत्रे गर्नका लागि ठेक्का लिएको थियो । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधीन सडकको कालोपत्रे उप्केको हो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उतारेर फालिदिएका छन् ।

कालोपत्र गर्नका लागि धुलो उडाएर पानीले पखालेपछि गिट्टीमाथि अलकत्रा राखेर कालोपत्रे राख्नुपर्नेमा धुलोमै राखेको भेटिएको इञ्जिनीयर मनोश शर्माले बताए। स्थानीयले गुनासो गरेपछि आफैँ पुगेर उक्त खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको समेत उनले बताए ।
उनले कमजोर काम नगर्न पटकपटक दिएको निर्देशन पालना नभएको पनि टिप्पणी गरे ।

नगरपालिका र सडक बोर्डको गरी रु ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि गत असारदेखिनै काम भएको थियो । चाडपर्वको कारण रोकिएको काम तिहारभित्रै सक्ने गरी पुनः थालिएको थियो । उक्त घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन् ।

कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको भन्दै स्थानीय रणसिं बोहोराले गुनासोसमेत गरे । नालीको सतह बराबर बनाउनुपर्नेमा खाँडलैखाँडल छाडेको भेटिएको थियो । केही दिन अघि नेकपाले गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा पनि बोहोराले सडक अलपत्र छाडिएको टिप्पणी गरेका थिए । कालोपत्रे गर्दाका खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने इञ्जिनीयर शर्माले बताए ।

वडाध्यक्ष दुर्गाबहादुर बोहोराले पनि यो काम समयमै अनुगमन गर्न सकेकाले सच्याउन पाएको बताए । “केही दिनपछि थाहा पाएको भए ठेकेदार र कामदा हिँडिसक्थे, समयमै रोकेर भत्काउन पाइयो”, उनले भने, “फेरि काम लगाएर गुणस्तरीय बनाउँछौँ ।”

बोहोराले बिहीबार दिउँसै काम कमसल भएको अनुमान लगाएर ठेकेदार र कामदारलाई सच्याउन सुझाव दिएको बताए । यसअघि गत आर्थिक वर्ष नाली र आवश्यक संरचना नबनाइकन कालोपत्रे गर्दा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा जाने सडक पनि उप्केको थियो । उक्त खण्डको झण्डै २०० मिटर कालोपत्रे उप्केपछि डिजाइनमा समेत त्रुटि भएको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ५ : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका