पेट दुखेर हैरान हुनुहुन्छ ? यी हुन् घरेलु उपाय | Khabarhub Khabarhub

पेट दुखेर हैरान हुनुहुन्छ ? यी हुन् घरेलु उपाय


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण स्वास्थ्यमा समस्या बढिरहेको छ । त्यसमा पनि खानपानमा ध्यान नदिँदा पेटसम्बन्धि समस्या पर्छ ।

बजारमा उपलव्ध भएको अस्वस्थकर खानपान, उचित समयमा उचित किसिमको खानपानको कमी लगायतले पेटमा विभिन्न खालका समस्या देखा पर्ने गरेको छ ।

त्यसमा पनि धेरै नेपालीलाई ग्यास्ट्रिकको समस्या हुने गरेको छ । कतिपयलाई खाना अपचको समस्या हुने गरेको छ ।

विशेष गरि दुषित पानी वा कोल्ड ड्रिङ्सको सेवन, फास्टफुड, काचो खानेकुरा खाँदा आमाशयामा धेरै अम्ल बनेर, पेटमा व्याक्टेरिया फैलिएर पेटमा समस्या देखापर्छ ।

यस्ता सामान्य समस्याका बेलामा चिकित्सकको सल्लाह नलिइ दुखाइ कम गर्ने औषधि सेवन गर्नेको संख्या पनि निकै छ । तर यसले शारीरिक स्वास्थ्यमा भने असर पुग्न जान्छ ।

त्यसकारण पेट दुखाइको बेलामा घरेलु औषधि वा उपचार महत्वपूर्ण बन्न जान्छ ।

यसका लागि घरमा नै उपलव्ध हुने सामाग्रि वा भान्सामा प्रयोग हुने चिजहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

अदुवा

भान्समा सजिलै पाइने चिज हो, अदुवा । पेट सम्बन्धी कुनैपनि समस्यमा अदुवा निकै उपयोगी हुन्छ । यसले पेटको पीडाबाट चाडै छुटकारा दिन्छ ।

कसरी प्रयोग गर्नेअदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसको कारण यसले शरीरमा पाचक रस उत्पादन बढाउँछ । पाचक रस बढेपछि खानेकुरा सजिलै पच्छ । साथै अतिरिक्त ग्यास शरीरबाट बाहिर निस्कन्छ । यसका लागि अदुवालाई स(सना टुक्रा गर्नुपर्छ र त्यसलाई चपाएर सेवन गर्नुहोस् ।

पेटमा असहज महसुष भयो भने अदुवाको जुस बनाएर पिउनुपर्छ । यसका लागि एक गिलास मनतातो पानीमा अदुवाको रस र चिनी मिश्रण गर्नुपर्छ । पेट फुल्ने वा एसिडिटीको समस्या हुनेका लागि यो निकै उपयोगी हुन्छ ।

पेटमा दुखाई वा कुनै किसिमको समस्या छ भने अदुवाको चिया बनाएर पनि पिउन सकिन्छ । अदुवालाई टुक्रा गरेर पिस्ने । त्यसमा एक कप पानी राखेर केहि क्षण उमाल्नु पर्छ । अब मह घोलेर त्यसलाई पिउन सकिन्छ ।

तुलसी

पेट दुखाइमा निकै लाभदायक मान्छि । १ चम्चा तुलसीको सर पिउनाले पेट दुखाइ निको हुने र पेटको अन्य समस्या पनि समाधान हुन्छ ।

तुलसीको पातलाई काढाा बनाएर पिउनाले झाडापखाला र कव्जियत जस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ । नियमित रुपमा तुलसीका ४ वटा पात प्रयोग गर्नाले विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्याबाट मुक्ति पाउन सकिन्छ ।

बेथे

बेथेको साथ जाडो मौसममा धेरै पाइन्छ । बेथेको साथ पनि पेटको समस्या समाधानको लागि महत्वपूर्ण मानिसन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ भने कब्जियतको समस्या समाधान गर्छ ।

बेथेको सागको रस वा उमालेको पानीमा बेथेलाई केहीबेर राखेर त्यसको रस सेवन गर्दा पेट दुखाइको समस्या र ग्यास्ट्रिकको समस्या समाधान हुन्छ ।

कागती र मह

कागती र मह दुबै पाचन यन्त्रका लागि फाइदाजनक मानिन्छ । महमा यस्तो इन्जाइमको मात्रा उच्च हुन्छ, जसले खानेकुरालाई चाडै पचाउँछ । यसका लागि दुई कप पानीमा एक टुक्रा अदुवा राख्ने । त्यसमा कागतिको रस मिसाउने । सानो आगोमा यसलाई केहि क्षण उमालेपछि मह मिसाएर पिउन सकिन्छ ।

जीरा

मसलाको रुपमा प्रयोग गरिने जीरा पेटको समस्यामा लाभदायक हुनछ । पेटमा कुनै गडबढी भयो भने जीरालाई यसरी प्रयोग गर्न सकिन्छ । जस्तो कि, केहि जीरा तावामा राखेर भुट्ने र दिनमा केहि पटक पानीसँग यसलाई चपाएर खानुपर्छ ।

प्याजको रस

पेटको समस्या हटाउनका लागि प्याज निकै उपयोगी हुन्छ । प्याजको रसमा थोरै नुन मिसाएर पिउनुपर्छ, आरम मिल्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ३ : ४३ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,