जाडो मौसममा खाने ५ तरकारी | Khabarhub Khabarhub

जाडो मौसममा खाने ५ तरकारी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम विस्तारै शुरु भएको छ । काठमाडौं उपत्यकामा पनि बिहान र बेलुकाको समय चिसो शुरु भएको छ ।

त्यसैले अब चिसोबाट जोगिने उपाय अबलम्बन गर्नु आवश्यक छ । यहाँ हामीले जाडोको समयमा खाने ५ तरकारीका बारेमा जानकारी प्रस्तुत गरेका छन् ।

१ रायोको साग

रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा बढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ ।

बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत मिल्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन ।

२ मेथीको साग

मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।

३ गोलभेँडा

गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी चिज हो । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोका लागि पनि उत्तिकै फाइदाजनक छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ ।

जसले जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुक्खा हुनेजस्ता समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने ल्याइकोपिनले हाम्रो शरीरमा भएको अनावश्यक फ्याट (बोसो) कम गर्छ ।

४ च्याउ

च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ ।

चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ । यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ ।

तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसले रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

५ बाँसको तामा

जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : १५ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान