संविधान दिवस सफल पार्न नेकपा उपनेता नेम्वाङको आग्रह | Khabarhub Khabarhub

संविधान दिवस सफल पार्न नेकपा उपनेता नेम्वाङको आग्रह


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधान दिवस सफल पार्न दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले प्रतिपक्ष सत्तापक्ष सबै मिलेर एकतावद्ध भएर संविधान कार्यान्वयन गर्ने शिलशिलामा अहिलेको अवस्थासम्म आईपुगेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड एका हुन् ।

उनले सरकारले प्रतिपक्षी दललाई सम्मान गर्ने र प्रतिपक्षीका कुरालाई धैर्यताका साथ सुन्ने आश्वस्त पारे । विगतमा आफूहरुले प्रतिपक्षी दलको रुपमा भोगेका घटनाहरु अहिले पनि ताजै रहेको भन्दै त्यस्ता घटना आफूहरुले हुन नदिनेमा प्रतिवद्धता जनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले सरकारले प्रतिपक्षी दलले सदनमा उठाएको आवाजलाई दबाउन खोजेको, सदनबाहिर आक्रमणमा उत्रिएको दाबी गरेका थिए ।

उपनेता नेम्वाङ्गले कानुनी राज्यको अवधारण सहितको समाजवाद उन्मुख बाटोमा सरकार अघि बढेकाले संसद भित्र र बाहिर अभिव्यक्ति दिंदा संविधानका मुल्य र मान्यतामा कतै असर पर्छ कि भनेर सबै सचेत हुनुपर्नेमा जोड दिए ।

संसद कहिलेही अवरुद्ध नहोस् भन्दा भन्दै बेला बेलामा अवरुद्ध भएको उल्लेख गर्दे उनले आगामी अधिवेशनबाट संसद कहिलेही अवरुद्ध नहुने गरी विशेष व्यवस्था गरिने बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ७ : ५५ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका