५ अर्ब ९६ करोड बढी आम्दानी गर्ने नागरिक उडड्यन प्राधिकरणको लक्ष्य | Khabarhub Khabarhub

५ अर्ब ९६ करोड बढी आम्दानी गर्ने नागरिक उडड्यन प्राधिकरणको लक्ष्य


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको बिहीबार काठमाडौंमा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्व ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो ।

कूल ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्व ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्व ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

प्राधिकरणले ६ अर्ब ३९ करोड रुपैयाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ । त्यसैगरी अन्तराष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिव २२ अर्व ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताए ।

प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत भन्दा बढी आम्दानी भएको पनि जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ७ : १५ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय