प्रधानमन्त्रीलाई देउवाको प्रश्न– तपाईंलाई बजार भाउ थाहा छैन ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई देउवाको प्रश्न– तपाईंलाई बजार भाउ थाहा छैन ?


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाइको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहीवारको तेश्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका संसदीय दलका नेता शेर बहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य गर्न उद्धत रहेको आरोप लगाएका हुन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिकामाथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको देउवाको आरोप थियो ।

संबै संवैधानिक निकायहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले मानवअधिकार आयोगमाथि नियन्त्रण गर्ने काम गरेको तथा सरकारका कामकारवाहीलाई निगरानी गर्ने स्वतन्त्र आयोगहरु लाई पनि नियन्त्रणमा राख्ने काम भएको जिकिर देउवाले गरे ।

उनले संघीय संरचना अनुसार तीनै निकायमा अधिकार बाँडफाँड गर्नुको सट्टा सरकार अधिकारको दुरुपयोग गर्दे संघीय सरकारको शक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको आरोप लगाए ।

देउवाले संविधानको भावना विपरित सरकारका सबै गलत क्रियाकलाप विरुद्धमा नेपाली कांग्रेसले संसदमा कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले संविधान विपरित सरकारले संचार जगतलाई नियन्त्रण गर्ने , राजनीतिक आस्थाको आधारमा सरकारी संचारमाध्यममा कार्यरतलाई हटाउने लगाय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम गरेको टिप्पणी गरे ।

सरकार गठनको डेढ बर्ष पुग्दासम्म संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधानको मर्म र भावना अनुरुप संघीयता कार्यान्वयनको बाकी कार्यभार पुरा गर्न असफल हुनु अन्त्यन्तै दुखद् भएको उनको भनाइ थियो ।

प्रतिपक्षी दलका नेता देउवाले सुरक्षा जस्तो संवेदनशील विषयमा संविधान विपरित कानुन बनाउने, प्रतिपक्षी दलको विरोधका बाबजुत संसदबाट वलजफ्ती विधेयक पारित गर्ने , विवादास्पद विधेयक बनाउने काममा सरकार अग्रसर भएको टिप्पणी गरे ।

वाईडवडी, न्यारो वडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतले सबै भन्दा ठूलो भ्रष्टाचारका घटना वर्तमान सरकारको समयमा भएको पुष्टीभएको भन्दै उनले सम्पुर्ण राज्य संरचना नै भ्रष्टिकरण उन्मुख भएको दाबी गरे । देउवाले भ्रष्टाचारका कुनै पनि मुद्धामा कसैलाई पनि उन्मुक्ति नदिन आग्रह गर्दै त्यसमा प्रतिपक्षी दलका तर्फबाट सरकारलाई सहयोग रहने प्रतिवद्धता जनाए ।

सरकार महिला हिंसा नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभुतिमा पुर्णरुपमा असफल भएको देउवाको आरोप थियो । बाँकेमा जिल्ला सभापति माथिको आक्रमणको घटना स्मरण गर्दै उनले भने “प्रतिपक्षी दल जिल्ला सभापति सुरक्षित हुन सक्दैन भने यहाँ को सुरक्षित छ ? प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि राणा शासन ,पञ्चायत र राजा हटाएको हो । शान्तिपुर्ण रुपमा हल भित्र सभा गर्दा हात भाँच्ने काम भएको छ । यसैका लागि लडेको हो हामीहरु ?”

प्रजातन्त्रको खिलापमा संलग्न माथि कारवाही नभएर सदन नै अवरुद्ध गर्नु पर्ने स्थिति श्रृजना भएको भन्दै उनले कानुनको पालनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । सुरक्षा निकायले पनि निश्पक्ष ढंगले शान्ति सुरक्षा प्रत्याभुतिको जिम्मेवारी निर्वाह नगरेको भन्दै उनले जनताको करबाट तलब खाने प्रहरीहरु कुनै पनि पार्टीका कार्यकर्ता बन्ने र बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए।

वर्तमान सरकार बनेपछि अकाशिएको बजार मुल्य चाडपर्व नजिकिए संगै बढेको , कर वृद्धि गरेकाले व्यवसायीहरु मर्कामा परेको, सरकारको कार्यशैलीका कारण सर्वसाधरण्मा असन्तुष्ठी बढेको भन्दै देउवाले आफ्ना काम कारवाहीमा सुधार ल्याउन सरकारलाई आग्रह गरे ।

देउवाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु के तपाईंलाई बजार भाउ थाहा छैन ?’

तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि राहत तथा पुर्नस्थापनाको काम प्रभावकारी हुन नसकेको तथा दिर्घकालिन समस्या समाधानका लागि कुटनीतिह पहल नभएकोमा पनि उनले असन्तुष्टी जनाए । सरकारको आर्थिक सम्मृद्धिको नारा कोरा मात्रै भएको टिप्पणी देउवाको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ४ : २७ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन