नेको इन्सुरेन्सद्वारा बीमा सचेतनाको कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

नेको इन्सुरेन्सद्वारा बीमा सचेतनाको कार्यक्रम सञ्चालन


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको निर्जीवन बीमा बजारमा विगत २३ बर्षदेखि सेवा पु¥याउदै आएको नेको इन्सुरेन्स लि. ले बीमा सचेतनाको लागि जनचेतनामुलक कार्यक्रम गरेको छ ।

क्षेत्रपाटी क्षेत्रको नरसिंहचोक, सातघुम्ती, जे.पी. स्कूलरोड आदि स्थानहरुमा घर घरमा गई बीमाको वारेमा जानकारी गराउने कार्य गरेको छ ।

बीमाशुल्क आर्जन गर्ने नाममा विना जानकारी बीमा गराउने र बीमाको महत्व तथा बीमाको रक्षाबरण के हो भन्ने नबुझेका ब्यक्तिहरुको बीमा गर्नु भन्दा बीमा किन आवश्यक छ भन्ने जानकारी गराएर स्वतस्फुर्त रुपमा बीमा गर्ने वातावरण सृजना गर्नको लागि बीमा सचेतना कार्यक्रम संचालन गरिएको हो ।

कम्पनीमा कार्यरत कर्मचारीहरुले बीमाको परिचय आदि उल्लेख भएको जानकारीमूलक पर्चा उक्त एरियाको प्रत्येक घर, पसलमा वितरण गर्दा घरधनी तथा ब्यवसायीहरुले अभिरुची पूर्वक जिज्ञासा राखेका थिए । घरधनी तथा ब्यवसायीहरुको जिज्ञासाको सम्बन्धमा कर्मचारीहरुले प्रष्ट पारेका थिए ।

स्थानीय बासिन्दाहरुले आफ्ना जिज्ञासाको समाधान भए पश्चात बीमाको वारेमा आफूहरुले जानकारी पाएको र बीमा आवश्यक रहेको प्रतिकृया दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ४४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६