प्रियंका चोपडाले बताइन् आफ्नो भविष्यको योजना, आमा बन्नेबारे गरिन् यस्तो खुलासा | Khabarhub Khabarhub

प्रियंका चोपडाले बताइन् आफ्नो भविष्यको योजना, आमा बन्नेबारे गरिन् यस्तो खुलासा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता निक जोनस लोकप्रिय जोडीमध्ये एक हुन् । यी दुई सामाजिक सञ्जालमा छाइरहन्छन् । निक जोनससँग बिहे गरेकी प्रियंकाको केही समयअघि डिभोर्स हुने हल्ला पनि चलेको थियो । हल्ला जे चले पनि यो जोडी खुशी छ ।

प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्नो फ्युचर प्लानबारे बताएकी छिन् । प्रियंकाको भविष्यको योजना घरमै बस्नु र बच्चा पाउनु हो । प्रियंकाले अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेकी हुन् ।

प्रियंकाले आफू आमा बन्ने चाहना आफ्नो भविष्यको योजनामा परेको बताएकी छिन् । उनले भनिन्, ‘बा–आमा बन्न हरेकको भविष्यको लक्ष्य हुन्छ, घर किन्नु र आमा बन्नु मेरो लिस्टमा छ ।’

प्रियंकाले खुलासा गर्दै भनिन्, ‘म लस एन्जल्समा लामो समय बस्नका लागि अप्सन देखिरहेकी छु, अहिले चाहिँ मेरो घर मुम्बई र न्यूओर्कमा छ ।’

प्रियंका र निकले अघिल्लो वर्ष बिहे गरेका थिए । प्रियंकालाई छिट्टै नै सोनाली बोसको फिल्म ‘द स्काइ इज पिंक’ मा देखिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ४० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द