ज्वरो धेरै आउँछ ? स्क्रवटाइफस भएको हुनसक्छ | Khabarhub Khabarhub

ज्वरो धेरै आउँछ ? स्क्रवटाइफस भएको हुनसक्छ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्क्रवटाइफस एक किसिमको सरुवा रोग हो जुन माईटमा पाइने जिवाणुबाट लाग्छ । पाईट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ ।

स्क्रव टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ । श्वस फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले काम गर्न छाडेर बिरामीको मृत्यु समेत हुने गर्छ ।

त्यसैले स्क्रव टाइफसको लक्षण देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा गई चिकित्सकको सल्लाहमा औषधि उपचार गर्नुपर्छ । समयमै उपचार पाएमा यो रोग निको हुन्छ ।

कसरी सर्छ ?

स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रव टाईफसका लक्षण

–धेरै ज्वरो आउनु,

–कामज्वरो समेत आउनसक्ने,

–टाउको धेरै दुख्ने,

–पसिना आउने,

–आँखा रातो हुने,

–झाडापखाला लाग्ने,

–किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिने,

स्क्रव टाईफसबाट यसरी बच्नुस्

–खेतवारीमा काम गर्दा शरीर पुरा ढाकिने कपडा लगाउने,

– चउर, घाँसवारीमा नबस्ने,

–चउरमा बस्दा गुन्द्रि वा सुकुल ओछ्याएर बस्ने,

– घर वरपर झाडी, घाँस बढ्न नदिने,

– घर तथा गोठमा मुसा नियन्त्रण गर्ने,

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ५२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०