सरकारबाट सहुलियत ऋण लिएर रोजगार बन्ने युवाका योजना अलपत्र | Khabarhub Khabarhub

सरकारबाट सहुलियत ऋण लिएर रोजगार बन्ने युवाका योजना अलपत्र


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गत आर्थिक वर्षमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ ल्याएको थियो ।

यो कार्यविधिमा ७ प्रकारको सहुलियतपूर्ण कर्जा विभिन्न क्षेत्रमा ऋण स्वरुप बैंकमार्फत लगानी गर्ने योजना सरकारले अघि सारेको थियो ।

सरकारले कार्यविधिमा दिने यी कर्जाको सीमा ३ लाखदेखि ५ करोड रुपैयाँसम्म तोकिएको छ । तर, सरकारले बिनाधितो सात क्षेत्रमा बैंकमार्फत कर्जा प्रवाह गर्ने लक्ष्य थियो ।

बैंकले बिनाधितो ऋण दिन आनाकानी गरेपछि सरकारी योजना लक्ष्यअनुसार कार्यन्वयनमा आउन सकेन ।

कार्यविधिमा शिक्षित युवा स्वरोजगार कर्जा, कृषि तथा व्यावसायिक पशुपन्छि कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, महिला उद्यमशीलता कर्जा, भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा र उच्च, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा भनेर सात क्षेत्र निर्धारण गरिएको थियो ।

सात वटा सहुलियत कर्जाका लागि विभिन्न बैंकमा गत आर्थिक वर्षमा १६ हजार १ सय ६१ जनाले आवेदन दिएको राष्ट्र बैंकको तंथ्याकमा छ ।

जसमा ५ सय १२ जनाले कर्जा पाएको बैंकको तंथ्याकमा छ । चालु आर्थिक वर्ष शुरु भएको २ महिनामा १ हजार ५ सय ६९ जनाले आवेदन दिएको बैंकले जनाएको छ । जसमा ३९ जनाले कर्जा पाएको बैंकको तंथ्याकमा उल्लेख छ ।

सरकारले दिएको कर्जा कार्यक्रमका लागि युवाको सहभागि पनि खासै देखिएन् । बैंकहरुले हालसम्म कर्जा १ अर्ब २५ करोड ४८ लाख ८ हजार ९ सय ४२ रुपँयौ लगानी गरेको बैंकको तंथ्याकमा उल्लेख छ ।

सरकारले गत आर्थिक वर्षमा युवामैत्री योजना भन्दै विभिन्न क्षेत्रमा सहुलियत कर्जामार्फत बैंकले लगानी गर्ने कार्यक्रम ल्यायो तर, कर्जा प्रवाहका लागि बैंकसँग पहल नगरेको युवाहरुकै  गुनासो छ ।

३ लाखदेखि ५ करोड बिनाधितो कर्जा

कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा ५ करोडसम्म ऋण दिने व्यवस्था गरिएको थियो ।

यसैगरी, शिक्षित युवा स्वरोजगार कर्जामार्फत ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जाका लागि सीपका आधारमा १० लाख, महिला उद्यमशिलता कर्जामा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जाका लागि १० लाख, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाका लागि ५ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जातर्फ ३ लाख रुपैयाँसम्म बिनाधितो कर्जा प्रदान गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै, कार्यविधिमा सामूहिक धितोमा १० लाख रुपैयाँसम्मका कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।

सरकारले झुक्यायो

सरकारले देशभित्र स्वरोजगार र उद्यमी बनाउने भनेर प्रलोभन देखाएर भुक्याएको सहुलियत कर्जाका लागि आवेदन दिएका युवाहरुले आरोप लगाउन थालेका छन् ।

सरकारले गत आर्थिक वर्षमा युवामैत्री योजना भन्दै विभिन्न क्षेत्रमा सहुलियत कर्जामार्फत बैंकले लगानी गर्ने कार्यक्रम ल्यायो तर, कर्जा प्रवाहका लागि बैंकसँग पहल नगरेको उनीहरुको गुनासो छ ।

विदेशमा सिकेको सीपले नेपालमै काम गर्ने भन्ने सोचका साथ आएका लमजुङका दिनेश थापा पनि सरकारले भन्ने एउटा र गर्ने अर्कै भन्दै दुखेसो पोख्छन् ।

४ वर्ष कतार बसेर आएका उनले कतारको कृषि फार्ममा सिकेको काम स्वदेशमै गर्ने योजना बनाएपनि सहुलियत ऋण नपाउँदा योजना अलपत्र परेको बताए ।

उनले नेपालमा कवि र अलैची खेतीका लागि विदेशमा सिकेको सीप प्रमाणीकरण गरेर बैंकसँग विदेशबाट फर्केका युवा परियोजना कर्जाका लागि आवेदन दिएपनि बैंकले ऋण दिन आनाकानी गरेको बताए ।

‘सरकारले देशभित्र विभिन्न क्षेत्रमा आफना नागरिकलाई उद्यमी बनाउन ल्याएका योजना राम्रा र लोकप्रिय भएपनि यी कार्यक्रमको फाइदा पाइएन । राज्यले नागरिकलाई भ्रममा पार्ने यस्ता योजना ल्याएको देखिन्छ । म जस्ता कृषि क्षेत्रमा केही गर्छु भन्ने युवालाई बैंकले पत्याएनन्,’ उनले भने, ‘सरकारले सम्बन्धित निकायमार्फत कर्जा प्रवाह गर्ने भन्यो । यताउता प्रक्रिया गर्दा ५० हजार खर्च भयो तर, कर्जा पाइएन । यस्ता कार्यक्रम नागारिकलाई झुकाउन मात्र ल्याएको हो ।’

यस्तै, काठमाडौं टोखाका लक्ष्मी श्रेष्ठले शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंकमा आवेदन दिएपनि बैंकले कर्जा कार्यक्रममार्फत ऋण दिन नचाहेको बताए ।

यूएई, कुवेत, ओमान, बहराइन, जोर्डन, जापान, दक्षिण कोरियालगायत देशमा सिकेको सीपका आधारमा १० लाखसम्म कर्जाका लागि आवेदन दिएका थिए । यस्तै, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि पनि धेरै आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले कर्जाका लागि धितो राखेमात्र ऋण दिनसक्ने भनेर टार्ने मात्र खोजेको उनको भनाइ छ । यस्तै, ललिपुरका जिवन कुवँरले कृषि गर्ने कर्जा कार्यक्रममार्फत ऋण दिन बैंकले नमानेको बताए ।

काठमाडौंको कृषि विकास बैंकमा भेटिएका उनीहरुले सरकारले कर्जा कार्यक्रम आफना नागरिक झुक्याउन मात्र ल्याएको बताएका छन् ।

बैंकले बिनाधितो कर्जाका लागि सवै बैंकलाई लगानी गर्ने निर्देशन दिएको थियो । पहिलो वर्ष भएका कारण केही समस्या भए होला तर, चालु आर्थिक वर्षमा सातै वटा कर्जा अन्तरगतका कार्यक्रमले गति लिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी पन्ना निरौलाले बताएका छन् ।

राष्ट्र बैंकले तीनै वर्गका सवै बैंकलाई बिनाधितो लगानी गर्ने आग्रहमात्र होइन कडा निर्देशक नै दिएको जानकारी दिए ।

कार्यविधिमा ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याज लिन पाउने व्यवस्था गरिएको छ ।

कर्जा लगानी गरेपछि त्यसको साँवा र ब्याज तिर्नसक्ने आधार बैंकले प्रमाणका आवश्यक पर्ने बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाई छ ।

कर्जाको सुरक्षापछि कर्जा प्रवाह गर्न कुनै असर नपर्ने र जसका लागि बैंकहरुका पनि आफनै सर्त हुने बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

उनले भने, ‘ऋण दिन र लिनका लागि आधार हुनुपर्छ भने बैंकिङ मान्यतामा छ । जसका कारण सहुलियत कर्जा वितरणमा केही समस्या भएका होलान तर, राष्ट्र बैंकले दिएको निर्देशनअनुसार कार्यविधिमा तोकिएका मापदण्डअनुसार कर्जा भइरहेको छ ।’

सहुलियत ऋणको आश देखाएपनि सहुलियत ऋण लिएर रोजगार बन्ने चाहाना अलपत्र परेको युवाहरुको गुनासो छ । सरकारले ल्याएको योजना अनुसार नै आफूहरुले व्यवसायको खाका तय गरेको भए पनि सञ्चालनका लागि चाहिने पैसा नहुँदा समस्या भएको उनीहरुको भनाई छ ।

कृषि तथा पशुपालन कर्जाका लागि धेरै आवेदन

सहुलियत कर्जाका लागि ऋण लिन चाहने व्यक्तिले सवैभन्दा कृषि तथा पशुपालनका लागि बिनाधितो कर्जा लिन इच्छुक भएको पाइएको छ । गत वर्ष विदेशबाट फर्किएका युवा परियोजना कर्जाका लागि १८ हजार ७ सय ६७ जनाको आवेदनमा परेको थियो ।

विदेशबाट फर्किएका युवा परियोजना कर्जाका लागि बैंकमा ३२ वटा आवेदन गत वर्षमा परेका थिए । चालु आर्थिक वर्षका दुई महिनामा १७ वटा आवदेन थपिएको बैंकका तंथ्याकमा छ ।

वैदेशिक रोजगार प्रवद्र्धन सचिवलयले कुल १८ हजार ७ सय ६७ मध्ये ७ हजार ६ सय ७५ जनाले कृषि तथा पशुपालन गर्नेका लागि सहुलियत ऋणका लिन आवेदन दिएको जानकारी दिएको छ ।

यूएई, कुवेत, ओमान, बहराइन, जोर्डन, जापान, दक्षिण कोरियालगायत देशमा सिकेको सीपका आधारमा १० लाखसम्म कर्जाका लागि आवेदन दिएका थिए । यस्तै, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि पनि धेरै आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि आकर्षण देखाएको छ । यो कर्जाका लागि १५ हजार ४ सय १२ जनाले आवेदन दिएका थिए ।

चालु आर्थिक शुरु भएको २ महिनामा १ हजार २ सय ४६ जनाले आवेदन यो कर्जाका लागि दिएका छन् । यस्तै, महिला उद्यमशीलता कर्जाका लागि ५ सय २९ आवेदन आएको बैंकले जनाएको छ ।

विदेशबाट फर्किएका युवा परियोजना कर्जाका लागि बैंकमा ३२ वटा आवेदन गत वर्षमा परेका थिए । चालु आर्थिक वर्षका दुई महिनामा १७ वटा आवदेन थपिएको बैंकका तंथ्याकमा छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : २८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका