डेंगुको संक्रमणः ६७ जिल्लाका ७,३७० संक्रमित | Khabarhub Khabarhub

डेंगुको संक्रमणः ६७ जिल्लाका ७,३७० संक्रमित


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ ।

गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १-१ जना गरी ६ जनाको ज्यान गएको जनाएको हो ।

पछिल्लो तथ्यांक अनुसार डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिए महाशाखाले जनाएको छ । जहाँ ९५६ जना संक्रमित छन् ।

प्रदेश १ को सुनसरी र झामा सवैभन्दा बढी प्रभावित भएका छन् । झापामा ३९७ र सुनसरीमा ३८२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश २ का ८ जिल्लामा डेंगुको संक्रमण फैलिएको र ६२ जना संक्रमित रहेको जनाएको छ । प्रदेश ३ मा सबैभन्दा बढी डेंगुको संक्रमण फैलिएको छ । प्रदेश ३ का १३ जिल्लामा संक्रमण फैलिएको र ३ हजार ९ सय २९ जना डेंगुबाट सक्रिमित रहेको उल्लेख छ ।

प्रदेश ३ को काठमाडौंमा सवैभन्दा बढी १ हजार ३ सय ३१ जना संक्रमित छन् भने चितवनमा १ हजार २ सय ३७ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशका १० जिल्लामा डेंगुको संक्रमण फैलिएको र १ हजार ९ सय ६४ जना संक्रमित रहेको उल्लेख छ । प्रदेश ५ का ११ जिल्लाका ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूर पश्चिम प्रदेशमा ५२ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाको तथ्यांक

डेंगु जटिल रोग होइन– चिकित्सक

त्यसो त डेंगु रोग नियन्त्रण गर्नै नसक्ने जटिक प्रकारको रोग भने होइन । तर सरकारको कमजोरीले डेंगु रोग भयावह बनेको चिकित्सहरुको आरोप छ ।

डेंगुरोग शुरु हुँदैमा नियन्त्रणको प्रयास नगर्दा देशभर यो रोग फैलिएको चिकित्सहरु बताउँछन् ।

‘सरकारले रोग लाग्नुअघि नै अघिल्ला वर्षमा देखिएको प्रकोपको अवस्था अनुसार त्यस क्षेत्रमा सचेतनाको अभियान चलाउनुपर्ने हुन्थ्यो,’ एक जना चिकित्सकले भने, ‘रोग नियन्त्रण बाहिर आएपछि खोजी र नष्ट गर्ने भनेर एकदिन मात्रै धुँवा छरेर कसरी नष्ट हुन्छ ?’

डेंगु भएको कसरी थाहा पाउने ?

• –एक्कासी उच्च ज्वरो आउनु,
• –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
• –असाध्यै टाउको दुख्नु,
• –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
• –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
• –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

• –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
• –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
• –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
• –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
• –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
• –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
• –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
• –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
• –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
• –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ७ : ५४ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा