चलचित्र हलहरुले गत वर्षकै कर तिरेनन्, १७ गतेसम्मलाई म्याद थप | Khabarhub Khabarhub

चलचित्र हलहरुले गत वर्षकै कर तिरेनन्, १७ गतेसम्मलाई म्याद थप


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चलचित्र हलहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिको राजस्व विभागले भदौ १७ गतेसम्मको समय दिएर सूचना जारी गरेको छ ।

महानगरभित्र अहिले ४२ वटा सिनेमा हल छन् । जसमध्ये आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा हलले मात्र कर तिरेका छन् । टिकट बिक्रीसँगै संकलन भएको राजस्व शुल्क पनि महानगरमा नबुझाएपछि आफूहरु गम्भीर रहेको राजस्व विभागका प्रमुख नुरनिधी न्यौपानेले बताए ।

उनकाअनुसार गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश–३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र हलहरुले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

‘यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो दिएनन्’ न्यौपानेले भने, ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र हलहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं ।’

महानगरले यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन कर बापत असुल गरी सकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र हलहरुलाई नियमानुसार कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ५४ बजे

गण्डकीका बिनाविभागीय मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई