जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स | Khabarhub Khabarhub

जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जागिरमा आउने केहि समस्याहरुका कारण हामी तनावमा रहने गर्दछौँ । कहिले कामको चाप, कहिले भनेजति पारिश्रमिक नहुनु वा समयमा बढुवा नहुनु र माथिल्लो पदबाट दबाब भोग्नुलगायतका अधिकांश कारणले जागिरेहरुको मनोबल गिर्ने गरेको छ । तर नआत्तिनुहोस्, यि कुराबाट सहज रुपमा पार पाउन वा सफल हुन आफ्नो राशिअनुसार निम्न काम गरेमा तपाईंलाई गुडलक लाग्न सक्छ :

मेष राशि

मेष राशिका जातकको व्यवसाय शुक्रमा निर्भर हुन्छ । तसर्थ जागिरमा समस्या भए वा सफलता पाउन सेतो वस्त्र र स्फटिकको माला धारण गर्नु उत्तम हुन्छ । साथै शुक्रबार भगवान लक्ष्मीको पूजा वा आरधना गरेमा सबैभन्दा बढी लाभदायक हुन्छ ।

वृष राशि

वृष राशिका जातकलाई बुधले व्यवसायमा सफलता दिने गर्दछ । जागिरमा कुनै तनाव वा समस्या झेल्नु भएको छ भने नित्य बिहान गणेशजी को आराधना गरेमा यो संकट हटेर जानेछ । गणेशको आराधना गर्दा दुबो अर्पण गर्नु अनिवार्य छ । साथै बिहान र साँझ दुबै समय हनुमान चालीसाको पाठ गर्नु उत्तम हुन्छ ।

मिथुन राशि

मिथुन राशिका जातकको व्यवसाय शुक्र र बृहस्पतिमा निर्भर हुन्छ । हरेक दिन बिहान (सुर्योदय भएसँगै) सूर्यलाई बेसार मिसाएर जल अर्पण गरेमा जागिरमा आएका समस्याको निदान हुनेछ । साथै हिरा वा ओपलको धारण गरेमा अझ उत्तम रहनेछ ।

कर्कट राशि

कर्कट राशिका जातकलाई व्यवसायमा सफल वा असफल बनाउनेमा शनिको दोष रहन्छ । यदि जागिरमा कुनै तनाव झेलिरहनु भएको छ भने नियमित शनि चालीसाको पाठ गरेमा केहि हप्तामा नै यसबाट लाभ मिल्नेछ । अझ शनिबार पीपललाई दीप दान गरेमा उत्तम हुनेछ ।

सिंह राशि

सिंह राशिका जातकलाई शनि र मंगलले व्यवसायको अवस्थालाई नियन्त्रण गरेको हुन्छ । हरेक दिन बिहान हनुमानजी श्रद्धापूर्वक उपासना गरेमा सिंह राशिका जातकको जागिरको समस्या हटेर जानेछ । साथै हरेक शनिबार कालो चनाको दान गरेमा उत्तम हुनेछ ।

कन्या राशि

कन्या राशिका जातकको व्यवसाय स्थानमा बुध र बृहस्पति दुबै महत्वपूर्ण हुन्छन् । जागिरमा आएको समस्या निराकरणका लागि नियमित रूपमा गणेशजीलाई पहेलो फूलसहित पूजा गरेमा लाभदायी रहन्छ । गणेशको आराधना गर्दा दुवो अर्पण गर्नु अनिवार्य छ । गणेश मन्त्र उच्चारण गरिरहेमा समेत यो लाभदायक रहन्छ ।

तुला राशि

तुला राशिका जातकलाई व्यापार तथा जागिरमा शनि र मंगल महत्वपूर्ण हुन्छन् । नियमित रूपमा शनिमन्त्र जप गरेमा जागिरमा आएका समस्या हटेर जानेछन् । साथै व्यवसाय वा कार्यालयको आफू बस्ने स्थानमा रातो कपडामा नरिबललाई बाधेर राखेमा तपार्इंको प्रभाव बढ्नेछ ।

वृश्चिक राशि

वृश्चिक राशिका जातकको व्यवसायलाई गुरु र शुक्रले नियन्त्रण गर्दछन् । व्यवसाय वा कार्यालयको आफू बस्ने स्थानमा बस्ने स्थानभन्दा उच्चो भागमा सेतो रंगको गणेश र लक्ष्मीको मूर्ती स्थापना गरी नित्य विधिवत पूजा गरेमा केहि सातामा नै समस्या हट्ने छ ।

धनु राशि

धनु राशिका जातकलाई मंगल र बुधले व्यापार वा जागिरको स्थानमा महत्वपूर्ण भूमिका राख्दछन् । जागिरमा आउने समस्याको निराकरणका लागि नियमित हनुमानजीको उपासना तथा हनुमान चालिसाको पाठ गरेमा उत्तम हुनेछ । बुधबार हरियो फलफुल तथा तरकारी दान गरे लाभदायी रहनेछ ।

मकर राशि

मकर राशिका जातकको जागिरको स्थानमा शुक्र र चन्द्र महत्वपूर्ण हुन्छन् । जागिरमा समस्या आएमा व्यवसाय वा कार्यालयमा भगवान शिवको मूर्ती स्थापना गरी त्यसमा नियमित सेतो फूल अर्पण मात्र गरेमा लाभ मिल्नेछ ।

कुम्भ राशि

कुम्भ राशिका जातकको व्यवसाय स्थानको सूर्य र शुक्रले नियन्त्रण गर्दछन् । सबैभन्दा महत्वपूर्ण मानिने शुक्र र सूर्यलाई प्रसन्न राखेमा जागिरमा समस्या हुँदैन । व्यवसाय वा कार्यालयको स्थानमा तामाको भाडोमा पानी भरेर नित्य सायँ श्री सूक्तमका पाठ गरे उत्तम हुनेछ ।

मीन राशि

मीन राशिका जातकलाई व्यवसायमा चन्द्रमा तथा बुधले सम्बन्ध राख्दछ । दैनिक शिवजी उपासना गरेमा मीन राशिका जातकको जागिरको समस्या घटेर जानेछ । शिवलाई सेतो फूल र जल अर्पण गर्न अनिवार्य छ । साथै सधैँ शिव मन्त्रको जाप गरिरहेमा छिटो फल मिल्ने सम्भावना हुन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ४० बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच