एस्ले कोलले गरे सन्यासको घोषणा | Khabarhub Khabarhub

एस्ले कोलले गरे सन्यासको घोषणा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इग्ल्याण्डका पूर्व डिफेन्डर एस्ले कोलले सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले आर्सनल चेल्सी, क्रिस्टल प्यालेल, इटलियन क्लब रोमा लगायतबाट उत्कृष्ठ खेले खेलेका थिए ।

३८ वर्षीय कोल नयाँ सिजनको सुरुवातमा कन्ट्रयाक्ट बीहिनी बनेका थिए । सन् २०१८–१९ को सिजन समापनसँगै ३८ बर्षिय कोल डर्बी काउन्टीबाट कन्ट्रयाक्ट विहीन थिए । उनले अब प्रशिक्षकीय भूमिकामा ध्यान दिने बताएका छन् ।

आर्सनलका लागि सन् १९९९ मा डेब्यु गरेका कोलले त्यसपछि लोनमा क्रिस्टल प्यालेसमा पनि बिताएका थिए । आर्सनलमा शानदार सात सिजन बिताए पछि अर्को लण्डन क्लब चेल्सी पुगेका थिए । चेल्सीबाट इटालियन क्लब एएस रोमाम, अमेरिकी क्लब एलए ग्यालेक्सी हुँदै डर्बीमा आवद्ध हुँदै गत बर्ष इङल्याण्ड फर्किएका थिए ।

इङल्याण्डको राष्ट्रिय टोलीका लागि कुल १०७ क्याप जितेका कोल एफए कपको इतिहासमै सबैभन्दा डेकोरेटेड फुटबलरका रुपमा पनि परिचित छन् । चेल्सीमा रहँदा कोलले सन् २०११–१२ प्रतिष्ठित च्याम्पियन्स लिग जितेका थिए भने सन् २०१२–१३ मा युरोपा लिगको उपाधि जितेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ४० बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको