सैनामैनामा सीप विकास प्रतिष्ठान बन्ने | Khabarhub Khabarhub

सैनामैनामा सीप विकास प्रतिष्ठान बन्ने


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – सरकारले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठान निर्माण गर्ने भएपछि सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गाको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले स्थलगत अवलोकन गरेका छन् ।

सरकारले देशका तीन स्थानमा केन्द्रीयस्तरको सीप विकास प्रतिष्ठान निर्माण गर्ने भएको हो । प्रतिष्ठान निर्माणका लागि सैनामैना नगरपालिका–७ लम्टैयामा ४० बिघा क्षेत्रफलको जग्गा उपलब्ध गराइएको छ ।

मन्त्री बिष्टले नेपालको नारायणी नदी पश्चिमदेखि धनगढीसम्मका हजारौँ युवालाई सीप प्रदान गर्ने खालको प्रतिष्ठान सैनामैनामा निर्माण हुने जानकारी गराए । उनले अहिले विदेश जाने अधिकांश युवा दक्ष सीप नभएकै कारण विदेशमा उचित पारिश्रमिकबिना काम गर्नु परेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ०६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन