भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी | Khabarhub Khabarhub

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  ४० जनाभन्दा धेरै अर्धसैनिक बलका सैनिकको ज्यान जानेगरी भएको भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा गत बिहीबार भएको आत्मघाती आक्रमणको जवाफमा भारतले पाकिस्तानविरुद्ध सिमित स्तरको सैनिक कारवाही गर्नसक्ने संभावना बढ्दै गएका बेला पाकिस्तानले भारतसमक्ष त्यस्तो कुनै सैनिक आक्रमण नगर्न चेतावनी दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टेलिभिजन सन्देशमार्फत् भारतलाई पाकिस्तानविरुद्ध अफवाह फैलाउन बन्द गर्न आह्वान गरे । उनले भारतले पाकिस्तानविरुद्ध आधारहीन आरोप लगाइरहेको भन्दै यदि भारतसँग आक्रमणमा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भए त्यो देखाउन समेत आग्रह गरे ।

प्रधानमन्त्री खानले भारतले आत्मघाती आक्रमणको जवाफमा सैनिक कारवाही गरे त्यसको जवाफ दिन पाकिस्तान पाकिस्तान तयार रहेको समेत चेतावनी दिए ।

उनले कश्मीरको समस्या समाधानका लागि वार्ता एकमात्र विकल्प भएको र भारतलाई वार्ताका लागि समेत आह्वान गरे । पाकिस्तानले कश्मीरमा सक्रिय अतिवादी तथा पृथकतावादीलाई प्रत्यक्ष सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ । पछिल्लो आत्मघाती आक्रमणको जिम्मा पनि पाकिस्तानमा सक्रिय अतिवादी समूह जैश ए मोहम्मदले लिएको थियो ।

तर, पाकिस्तानले भने त्यस्ता आरोप आधारहीन रहेको बताउँदै आएको छ । पुलावामा आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध सिमित स्तरको सैनिक आक्रमण गर्नसक्ने आशंका पनि बढ्दै गएका छन् ।

यसअघि गत सोमबार भारत प्रशासित कश्मीरमा भारतीय सैनिक कारवाहीमा तीन पाकिस्तानी लडाकु मारिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ३१ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय