सात सालको क्रान्तिको स्मरण – नेपालमा बैंक लुटेको पैसा भारतलाई दियौं तर फिर्ता पाएनौं « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

सात सालको क्रान्तिको स्मरण – नेपालमा बैंक लुटेको पैसा भारतलाई दियौं तर फिर्ता पाएनौं



भारतमा ‘अंग्रेज भगाउ’ अभियान चलेको थियो । अध्ययन र कामका लागि गएका नेपाली पनि भारतीय स्वतन्त्रता अभियानमा जोडिन पुगेका थिए । त्यतिबेलासम्म नेपालमा राजनीतिक चेतना आएको थिएन ।

पहाडमा मानिसहरु कुटो केदालो गरेर जीवन चलाइरहेका थिए । काठमाडौंमा अहिलेको जस्तो सडक थिएन । भित्रि गल्लीहरुमा निकै फोहर थियो । व्यवस्थित वसोबास र मानिसमा चेतनास्तर थिएन जसका कारण बाटोमा ‘मलमूत्र’ नागेर हिँड्नुपर्ने अवस्था थियो । त्यस्तो बेलामा प्रजातन्त्र चाहिन्छ भन्ने कुराको चेतना मानिसहरुमा थिएन ।

काठमाडौंमा राणाहरुको सवारी हिड्थ्यो । राणाहरुको सवारी भएका बेलामा वा कुनै ठाउँमा राणाहरु पुगेको बेलामा निँहुरिएर ‘सरकारको जय’ भन्दै दण्डवत गर्नुपर्थ्यो । मैले पनि धेरै पटक गरें ।

देशमा राजा पनि थिए । तर हामीले कहिल्यै राजा देखेनौं । राजाको भूमिका पनि थिएन । राणालाई नै राजा मान्ने परम्परा थियो । राणाले भनेपछि सबै कानूनसरह हुन्थे, कुनै प्रतिवाद वा विरोध गर्ने अवस्था थिएन । आफूले चाहेको बोल्ने अवस्था थिएन ।

भारतबाट सिकियो

भारत १९४७ मा स्वतन्त्र भयो । त्यसपछि नेपालमा पनि स्वतन्त्रता चाहिन्छ भन्ने लहर चलेको हो । त्यसको दुई वर्षपछि नेपालमा पनि प्रजातन्त्र आयो ।

भारत स्वतन्त्र हुँदा वीपी, मातृका कोइराला लगायत हामीले पनि ‘भारत छोडो’ आन्दोलनमा भाग लिएका थियौं । त्यसको प्रभावले नेपालमा पनि स्वतन्त्रता या प्रजातन्त्र चाहिन्छ भन्ने शुरुवात भएको थियो । तर नेपालको अवस्था फरक थियो ।

नेपालमा स्वतन्त्रता चाहिनेमा केही व्यक्तिहरुमात्र थिए । भारत पढ्न जाने केही नेपाली, देशमै रहेका धनीमानी, केही व्यापारीलाई मात्र प्रजातन्त्र चाहिएको थियो जसले गर्दा प्रजातन्त्रपछिको उभार ल्याउन समस्या नै थियो । पहाड तिर यातायातको पहुँच थिएन जसले गर्दा मानिसमा प्रजातन्त्र चाहिन्छ भनेर चेतना पुर्‍याउन निकै कठिन थियो ।

भारतमा अध्ययन गर्न गएकाहरु नेपाली भएकै कारण एक ठाउँमा हुन्थे र देशका बारेमा चिन्तन गर्थे । म २००१ सालमा काशी हिन्दू विश्वविद्यालयमा भर्ना भएँ । मेरा बुबालाई राणाहरुले विभिन्न आरोप लगाएर देश निकाला गरेका थिए ।

त्यस्तै वीपी कोइरालका बुवा कृष्णप्रसाद कोइरालालाई पनि देश निकाला गरेका थिए । पछि मेरा बुवा र कृष्णप्रसाद कोइरालाले राणाहरुमा स्वदेश फर्कनका लागि विन्ती चढाएपछि त्यो स्वीकृत भयो ।

राणा प्रधानमन्त्रीले कहाँ गएर बस्छस् भन्दा कृष्णप्रसाद भट्टराईले आफ्नो दाइको घर विराटनगरमा रहेको र त्यतै गएर बस्ने भनेपछि विराटनगर गए । हामी पनि त्यतै गयौं । हामी भारतमा पनि वीपीको परिवारसँग नजिकै बसेका थियौं ।

भारतजस्तो विराटनगर

नेपालको अन्य ठाउँमा भन्दा विराटनगरमा भिन्न माहोल थियो । विराटनगरमा चाँही भारतमा जस्तै राजनीतिक चेतनास्तर बनिसकेको थियो । भारतसँग सीमा जोडिएको भएका कारणले पनि त्यस्तो भएको होला ।

त्यो आन्दोलन वा राजनीति गर्ने  सही स्थान थियो । जुटमिल पनि भएपछि एकैपटक धेरै मानिस निस्कने र कुरा गर्ने अवस्था थियो । जसलाई हामीले प्रजातन्त्रको लागि आधार स्थल बनाएका थियौं ।

हाम्रो नेतृत्वमा रहेको मुक्तिसेनाले २००७ को कात्तिकमा विराटनगरको रंगेली कव्जामा लियौं र अगाडि बढेका थियौं । झापाको व्यारेक आक्रमण गर्ने प्रयासमा हामी असफल भयौं त्यसबेला बल्लतल्ल ज्यान जोगाइयो ।

पार्टी गठन
एक दिन सान्दाजु (वीपी कोइराला)ले पार्टी खोल्ने कुरा गरे । त्यसबेला म आइए पढ्दै थिएँ । कृष्णप्रसाद भट्टराई, ईश्वर बरालहरु म भन्दा माथिका कक्षामा पढ्थ्यौं ।

त्यसपछि राष्ट्रिय कांग्रेस पार्टीको गठन भयो । पछि सुवर्ण शमसेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल चैत २७ गते नेपाली कांग्रेसको गठन भयो । मातृका कोइराला, वीपीहरुसँग वैचारिक शक्ति थियो भने सुवर्णजीहरुसँग धन(पैसा) र संगठन थियो । त्यही भएर दुई पार्टी एक हुन सकेको हो ।

सुवर्णसम्शेरसँग पैसा पनि थियो । सुवासचन्द्र बोससँग मिलेका आइजीपी याकथुम्बा पनि थिए त्यसलाई प्रयोग गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । भारतमा स्वतन्त्रता आएपछि हामीले ए स्वतन्त्रता यस्तो हुन्छ भन्ने थाहा पायौं ।

हामीलाई सुवर्णको संगठनले तान्यो  र हाम्रो सम्मेलन बर्गेनियामा भयो । माओवादीमा प्रचण्ड अधिनायकवादी भएजस्तै कांग्रेसमा पनि मातृका अधिनायकवादी भए । अरु नेतालाई भन्दा वीपी र सुवर्णलाई दायाबाँया राखे ।

नेपाली बोल्नेमाथि पनि राणाका सुराकीले हेरिरहेका हुन्थे, तेही भएर सबै पार्टी गतिविधि गोप्य रुपमा भयो  । संगठन पनि गोप्य रुपमा बन्यो । त्यसपछि हामी भूमिगत भयौं । त्यतिखेर नेपाली कांग्रेसमा वीपीहरु – गान्धीवादी थिए तर सुवर्णहरु गान्धीवादी थिएनन् । राणाहरुले यसरी सुन्दैनन् भन्ने उनीहरुको मत थियो ।

अहिले नेपाली कांग्रेसले प्रयोग गरेको झण्डा सुवर्णको पार्टीको थियो, हाम्रो त हरिया, सेता र हिमाल भएको झण्डा थियो । एकताका बेला हामीले चारतारे झण्डालाई स्वीकार गरेका हौं । प्रजातन्त्रको माग गर्दै हामीले क्रान्ति गरेका थियौं । त्यो सत्याग्रह थिएन । हामी गान्धीवादी थियौं त्यही भएर सजिलै राणाहरुले मान्लान् भन्ने सोचेका थियौं तर त्यसो भएन् ।

उनीहरुले वीपी स्वदेश फर्किएपछि राम्रो व्यवहार गरेनन् । वीपीलाई निकै दुःख दिएको थियो । भारतमा, बेलायतमा कानून थियो तर हाम्रोमा आन्दोलन गर्नेलाई राणाहरुले मार्लान् भन्ने डर थियो । त्यसबेला वीपीलाई पनि गान्धीवादी तरिकाबाट देशमा परिवर्तन र प्रजातन्त्र आउँछ जस्तो नलागेको मलाई सुनाउनु भएको थियो ।

पार्टी गतिविधिहरु हुन थालेपछि हामी विराटनगरमा पर्चा छर्न गयौं । सरोज कोइराला र म विराटनगर आउँदै गर्दा पुलिसले खानतलासी गर्‍यो र हामीलाई जेलमा हाल्यो । राणा हटाउने क्रान्तिमा म विराटनगरमा जन सरकारको गृहमन्त्री थिए भने केशवप्रसाद कोइराला गभर्नर थिए ।

हाम्रो नेतृत्वमा रहेको मुक्तिसेनाले २००७ को कात्तिकमा विराटनगरको रंगेली कव्जामा लियौं र अगाडि बढेका थियौं । झापाको व्यारेक आक्रमण गर्ने प्रयासमा हामी असफल भयौं त्यसबेला बल्लतल्ल ज्यान जोगाइयो ।  हामीले लगातार विराटनगरमा आक्रमण गर्‍यौं र कव्जामा लियौं । त्यसको केही पछि २००७ साल फागुन ७ मा प्रजातन्त्र आयो ।

भारतले राजालाई लगेर राखेको बेलामा पनि वीपी, मातृका लगायतलाई भेट्न दिइएन । क्रान्तिका लागि भन्दै हामीले नेपालमा बैंक लुटेको पैसा भारतलाई दिएका थियौं तर हामीले त्यो पैसा पाएनौं ।

भारतको भूमिका

भारतले राजालाई लगेर राखेको बेलामा पनि वीपी, मातृकाहरुलाई भेट्न दिएन । क्रान्तिका लागि भन्दै हामीले नेपालमा बैंक लुटेको पैसा भारतलाई दिएका थियौं तर हामीले त्यो पैसा पाएनौं ।
वीपी गृहमन्त्री र सुवर्ण प्रधानमन्त्री मिलेरै बसेका थिए तर भष्टाचार काण्डपछि झण्डै वीपीलाई भरतसम्शेरले मारेनन् ।

त्यो बेलामा राणा, राजा र कांग्रेसबीच त्रिपक्षीय सम्झौता भएको थियो । त्यो सम्झौता पत्र पनि भारतले तयार गरेको थियो । त्यसमा एक शव्द पनि तलमाथि नभइ हस्ताक्षर भएको थियो । त्यतिबेलै देखि भारतले नेपालको राजनीति र हरेक कुरामा हस्तक्षेप गर्न थालेको हो । उसले पुराना ट्रिटीहरुमा हस्ताक्षर गर्न भन्थ्यो भने मन्त्रिमण्डलमा पनि एक जना पठाउथ्यो ।

पछि भारतका तर्फबाट नेपालको सरकारमा खेल्ने काम भयो । कहिले राजालाई, कहिले प्रधानमन्त्री रहेका मोहन समशेरलाई त कहिले वीपीलाई एकएक थोक भनिरहन्थ्यो ।  पछि नेहरुले सरकारसँग मिलेर नबस आफैं चलाउ भने । मातृका र वीपीले पनि त्यो थाहा पाए । त्यसपछि वीपीले राजीनामा गरेर मोहनसम्शेरलाई निकाल्ने भए । मोहनलाई निकाल्न विपिले रिसले त्यसो गरेका थिए ।

वीपीमा ठूल्दाइ सभापति भएर बस्ने र आफू प्रधानमन्त्री हुन्छु भन्ने विश्वास थियो । तर भारतले मातृकालाई साथ दिन्छौं वीपीलाई कसले मान्छ भनेपछि मातृकार वीपीमा पनि फुट आयो । त्यही भएर मैले पनि वीपी र मातृकामध्ये कसको पछि लाग्नु भन्ने पिरले राजाको पछि लागे । यो २०१७ सालको कुरा हो ।

तर विपिलाई फेरि त्यो राणालाई किन दिने तपाई नै हुनुस् त्यसलाई निकालौं पनि भारतले भनेको थियो । वीपीले आफू प्रधानमन्त्री हुनका लागि राजीनामा गरेको हो । त्यसपछि सभापति पनि दुई दाजुभाइले छोडेनन् मारामार भयो भारत पनि त्यही चाहन्थ्यो । यस्तो अवस्थामा प्रजातन्त्र चल्ने अवस्था थिएन । बलियो शासन नभइ देश चल्ने अवस्था थिएन ।

राजा पनि वीपी चाहँदैन थिए । किनकी वीपी बलिया व्यक्ति थिए, पार्टीका नेता पनि थिए । त्यही भएर पञ्चायत आएको हो । वीपीले सेनालाई पनि आफ्नो हातमा लिएका थिए । राजालाई वीपी अर्को जंगबहादुर होला भन्ने डर थियो । त्यही भएर सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहि तयार थिए ।

वीपी प्रधानन्त्री हुन आट्योकी सुशिला भाउजुलाई रिस उठ्थ्यो । किन जाने प्रधानमन्त्री हुन भन्नुहुन्थ्यो । भारतमा गान्धी भए ? कहिले ठूलदाजुसँग कहिले पार्टीमा झगडा गर्ने भन्नुहुन्थ्यो । चुनाव गराउने बेलामा सुवर्ण सभापति अनि प्रधानमन्त्री बन्ने बेलामा आफू बन्न खोज्ने भन्नुहुन्थ्यो ।

अन्तिममा

अहिले देशमा कम्युनिष्टको सरकार बनेको छ । कम्युनिष्ट आउँदैमा प्रजातन्त्र कमजोर हुने होइन, केही विग्रेको पनि छैन। तर उनीहरुले भारतसँगको सम्बन्धलाई विगार्ने र चीनसँग हात अघि बढाउने गर्नु हुँदैन ।

नेपालको भूगोलको हिसावमा दक्षिण ढिलो छ त्यसो हुँदा पनि हामीले भारतसँगको सम्बन्धलाई सुधार गर्नुपर्छ । भारतले हामीलाई सँगै लैजान पनि खोज्छ तर अघि लाग्यो भने डाहा पनि गर्छ ।

कुराकानीमा आधारित 


भर्खर

0