सैन्य कारबाहीमा इजिप्टमा १६ लडाकू मारिए | Khabarhub Khabarhub

सैन्य कारबाहीमा इजिप्टमा १६ लडाकू मारिए


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजिप्टको सेनाले लडाकुविरुद्ध गरेको सैनिक कारवाहीमा १६ संदिग्ध लडाकुको ज्यान गएको जनाएको छ । इजिप्टको सिनाई प्रायद्विपमा उत्तरी भागमा अवस्थित अल अरिश शहरमा सेनाले दुई छुट्टाछुट्टै कारवाही गरि संदिग्ध लडाकुलाई परास्त गरिएको इजिप्टको सरकारी समाचार संस्थाले जनाएको हो ।

समाचार संस्था अल अहरमका अनुसार सेनाले अल अरिश शहरको ओबेइदात क्षेत्रमा गरेको कारवाहीमा १० तथा अबु एइटा क्षेत्रमा गरेको कारवाहीमा ६ जना संदिग्ध मारिएका हुन् । सेनाको कारवाहीमा केही परिमाणमा हतियार तथा अन्य सैनिक उपकरण बरामद गरिएको जनाइएको छ ।

कारवाहीका क्रममा सेना तथा लडाकुबीच झडप समेत भएको जनाइएपनि सेनातर्फ भएको हताहतीको विवरण भने सार्वजनिक गरिएको छैन । सन् २०१३ यता इजिप्टको सेनाले इस्लामिक अतिवादीविरुद्ध युद्ध लड्दै आएको छ । इस्लामिक अतिवादीहरु उत्तरी सिनाईमा बढी सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन