अपमानित भएपछि सर्वोच्चको न्यायाधीशबाट राजीनामा दिएँ : जोशी | Khabarhub Khabarhub

अपमानित भएपछि सर्वोच्चको न्यायाधीशबाट राजीनामा दिएँ : जोशी


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले अपमानित महसूस गरेपछि पदबाट राजीनामा दिएको बताएका छन् ।

मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘मेरो बेन्च समेत खोसियो, चेम्बर खोसियो । बस्ने ठाउँ नै पाएन ।’

जोशीले आफूले सर्वोच्चमा रहँदा अझ अपमान सहनुपर्ने भएकाले राजीनामा दिएको पनि बताए । ‘पछिल्लो समय न्याय परिषदको वैठकमा समेत बोलाउन छाडियो । अत्यन्तै अपमानित महसूस भयो । त्यहि भएर राजीनामा दिएको हुँ ।’

जोशीले अवकासपछिको जीवन साहित्य सिर्जनामा व्यतित गर्ने पनि जानकारी दिए ।

‘अवकाश पछि अब साहित्य सिर्जनामा नै सक्रिय रहन्छु,’ जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘साहित्यसँग सम्बन्धित लेख रचना प्रकाशित गर्छु ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ४२ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश