कर्मालाई लाग्यो आनाको माया किचकिचे (भिडियो) | Khabarhub Khabarhub

कर्मालाई लाग्यो आनाको माया किचकिचे (भिडियो)


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अंग्रेजीमा समेत सार्वजनिक गरिने फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को गीत सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युबमार्फत सोमवार सार्वजनिक गरिएको हो ।

भिडियोमा कर्मा शाक्य र आना शर्माको केमेष्ट्रीलाई देखाइएको छ । लोक फ्लेभरमा तयार पारिएको यो गीतमा प्रेमका भावनालाई समेटिएको छ ।

गीतमा चन्दनध्वज केसीको आवाज छ भने राजन इशानले कम्पोज गरेका हुन् । यस्तै गीतमा संगीत, संयोजन र शब्द सुजेन्द्र डी कार्कीको छ र कोरियोग्राफी सविन शाक्यको रहेको छ ।

नकिम उदिन र पेमा ढोन्डुपले संयुक्त रुपमा लगानी गरेको यो फिल्मको निर्देशन पेमा दोण्डुपले नै गरेका हुन् ।

फिल्ममा आना र कर्माका अतिरिक्त गुल्सन ग्रोबर, हमित शैख, शिशिर वाङ्देल, आमिर गौतम, नीर शाह, विकास गुरुङ, कविता मानन्धर, मिथिला शर्मा, सुनिता ठाकुर, रेचल मोलेस लगायतका नेपाली तथा विदेशी कलाकारले अभिनय गरेका छन् ।

विदेशी कलाकारले समेत अभिनय गरेकाले फिल्मलाई प्रतीक्षित मानिएको छ ।

पेमा डी गक्इिलको कथा, संवाद तथा स्किृप्ट रहेको यो फिल्ममा जोश म्यानुएलको एक्सन छ । नेपाली डायलग अनुवाद सामीप्यराज तिमिल्सिनाले गरेको यो फिल्म चैत १ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्मको गीत:

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ११ : ३९ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको