देउवाका ३ वर्ष : पार्टी संरचना अस्तव्यस्त | Khabarhub Khabarhub

देउवाका ३ वर्ष : पार्टी संरचना अस्तव्यस्त


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सञ्चालनलाई प्रभावकारी रुपमा अघि बढाउन केन्द्रीकृत मानसिकता मुख्य बाधक रहेको खबर कान्तिपुर दैनिकले मुख्य बनाएको छ । उनीहरुले शून्यबाट सुरु भएको प्रदेशहरु १ वर्षमा चल्नसक्ने अवस्थामा पुग्नु उपलब्धी मानेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन अघि बढाउने भएको छ । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पदाधिकारीमाथि भ्रष्टाचार आरोपमा छानविन गर्न कुनै संवैधानिक र कानुनी अड्चन नहुने राय दिएको हो ।

त्यस्तै देउवाको ३ वर्ष सबै पार्टी संरचना अस्तव्यस्त शीर्षकको अर्को समाचारमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्न नसकेको कांग्रेसकै नेताहरुको आरोप छ । कांग्रेस नेता रामशरण महतले देउवामा आफू बलियो बन्न कसरी गुटलाई सशक्त बनाउने भन्ने भावनाको मात्र विकास भएको बताएका छन् । उनले पार्टीलाई नयाँ कार्यशैलीका साथ अघि बढाउने प्रयत्नमा सभापति नलागेको आरोप लगाए ।

त्यस्तै अर्का नेता एनपी सावदले पनि पार्टी भित्र धेरै नेता पुरानै मानसिकतामा रहेका कारण कतिपय निर्णयमा ढिलाई हुने गरेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ३६ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को