पाठक प्रकरणदेखि अवैध इराक जान लागेका १ सय ७९ जनाको उद्धारसम्म | Khabarhub Khabarhub

पाठक प्रकरणदेखि अवैध इराक जान लागेका १ सय ७९ जनाको उद्धारसम्म


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठक प्रकरणमा महान्यायाधिवक्ताको राय– घुसप्रकरणमा छानविन गर्न मिल्छ भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्ट दैनिकले प्रमुख समाचार छापेको छ ।

घुस प्रकरणमा खुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानविन गर्न संवैधानिक र कानूनी अड्चन नरहेको महान्यायाधिवत्ताको कार्यालयले दिएको छ ।

उद्धार गरिएका १७९ नेपाली ल्याइँदै शीर्षकमा अर्को समाचार छापिएको छ । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १ सय ७९ जना नेपालीलाई मंगलरबा नेपाल ल्याइने भएको छ । माइती नेपालले १ सय ४७ महिला र ३२ पुरुसलाई आइतबार उद्दार गरेको हो ।

जीप दुर्घटनामा घाइते बाराका सीडीओ गणेशप्रसाद भट्टराईको निधन भएको, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल बिरामी भएपछि आइतबार राति काठमाडौं ल्याइएको तथा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य कार्यभार सम्हाल्न सोमाबार नयाँ दिल्ली प्रस्थान गरेको समाचारलाई संक्षेपमा छापेको छ ।

तल्लो तहसम्मको एकतालाई टुंग्याउन नेकपा अध्यक्षद्वले देखाएको अग्रसरताप्रति पार्टी नेतहरुले असन्तुष्टि जनाएका छन् । कार्यदल बाइपास गरेकोमा असन्तुष्टि शीर्षकमा पहिलो पृष्ठमा समाचार छ । अब संयुक्त बैठक ९ गते बस्नेछ ।

त्यस्तै पत्रिकाले सार्वजनिक विद्यालय लथालिंग शीर्षकमा सम्पादकीय लेखेको छ । निजी विलयलमा विद्यार्थी अभिभावक आकर्षण बढेसँगै सार्वजनिक विद्यालयको दायर खुम्चिँदै गएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन