एनआरएनको नारा : हाँसो उठाउने पारा, एक पटकको नेपाली कसरी सधैंको नेपाली ? « Khabarhub
Logo
२ आश्विन २०७७, शुक्रबार

एनआरएनको नारा : हाँसो उठाउने पारा, एक पटकको नेपाली कसरी सधैंको नेपाली ?



विभिन्न बाध्यता र परिस्थितिले विदेशिएका नेपालीहरू संगठित भई आफ्नो पहिचान, संस्कृति, रहन–सहन र संस्कारलाई निरन्तरता दिनु र यसका लागि सक्रिय हुनु सकारात्मक कुरा हो ।

विदेशी भूमिमा आफ्नो पहिचान जोगाउन संगठितरूपमा सक्रिय हुनु अन्यथा होइन । तर, मलाई सधैं खड्किइरहने एउटा कुरा के हो भने गैरआवासीय नेपाली संघ (एनआरएन)को एउटा नारा छ, ‘एक पटकको नेपाली सधैंको नेपाली ।’ जब एनआरएनवालाहरूले यो नारा अघि सारेको देख्छु, अचम्म लाग्छ, एक पटकको नेपाली कसरी सधैंको नेपाली हुनसक्छ ? हुनसक्ला, तैपनि यसैलाई किन मुख्य नारा बनाउनुपर्यो ?

हुनत म एनआरएनको कुनै आधिकारिक ब्यक्ति होइन । र, मैले ब्यक्त गरेको विचार र धारणाले कुनै अर्थ र महत्व पनि नराख्ला । तैपनि एनआरएनको यो नारा यसकारण न्यायसंगत छैन भनेर आफ्नो तर्क र धारणा प्रस्तुत गर्ने जमर्कोमात्रै गरेको हुँ । मेरो विचार एनआरएनवालाहरूलाई चित्त नबुझ्न सक्छ । चित्त नबुझे पनि कोही बात छैन । मलाई पनि एनआरएनको यो नारा चित्त नबुझेर आफ्नो धारणा राखेको हुँ । एनआरएनको यो नारासँग सहमत हुन नसक्नुमा मेरो आफ्नै तर्क छ ।

मैले जाने बुझेसम्म एनआरएनमा विशेषगरी दुई प्रकारका ब्यक्तिहरू सदस्य हुन्छन् । पहिलो, रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकताधारी नेपाली । दोश्रो, विदेशमै रहेर विदेशकै नागरिकता लिइसकेका नेपालीमूलका विदेशी । प्रश्न यहि हो कि, नेपाली नागरिकता नत्यागेका र नेपाली नागरिकता त्यागेर सम्बन्धित देशकै नागरिकता लिइसकेका नेपालीमूलका विदेशी दुबै प्रकृत्तिका ब्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने गरी एनआरएनको नारा एउटै कसरी हुनसक्छ ?

भारतबाट बसाइ सरेर नेपालमा स्थायी बसोबास गर्ने भारतीयमूलका नेपालीहरू हाम्रो देशमा प्रसस्तै छन् । मैले नेपालीहरू वैदेशिक रोजागारीका लागि विभिन्न देशमा गएझैं भारतबाट केवल रोजगारीका लागि नेपालमा आई बसोबास गरिरहेका भारतीयहरूको कुरा गरिरहेको छैन । प्रसंग भारतबाट नेपालमा आएर पछि नेपालको नागरिकता लिएका भारतीयमूलका नेपालीहरूको हो ।

विदेशको नागरिकता लिइसकेकाहरूले आफूलाई नेपाली भनेको र एकपटक नेपाली भएर जन्मिएपछि सधैंको नेपाली हौं भनेकोमा आपत्ति जनायो भन्ने ठान्नुहोला । त्यसमा आपत्ति होइन । बरु बारम्बार उहि रटान लगाउँदै एक पटकको नेपाली सधैंको नेपाली किन भनिरहनुपर्यो ? त्यसो भनिरहन जरुरी छ र ? ‘कति कुरा नभनेर नै मीठा हुन्छन्’ भनेझैं बरु नभने नै मीठो होला कि ? अन्यथा एनआरएनवालाहरूले एक पटक निधार खुम्च्याएर सोच्नुपर्ने एउटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु ।

भारतबाट बसाइ सरेर नेपालमा स्थायी बसोबास गर्ने भारतीयमूलका नेपालीहरू हाम्रो देशमा प्रसस्तै छन् । मैले नेपालीहरू वैदेशिक रोजागारीका लागि विभिन्न देशमा गएझैं भारतबाट केवल रोजगारीका लागि नेपालमा आई बसोबास गरिरहेका भारतीयहरूको कुरा गरिरहेको छैन । प्रसंग भारतबाट नेपालमा आएर पछि नेपालको नागरिकता लिएका भारतीयमूलका नेपालीहरूको हो ।

कल्पनामात्रै गरौं त, भारतमा जन्मिएका तर नेपालमा आई पछि नागरिकता लिएर वैधानिक रूपमा नेपाली बनेका भारतीयमूलका नेपालीहरू कति होलान् ? निश्चय पनि यो संख्या सानो छैन र घट्दो होइन, बढ्दो छ । त्यसरी अंगीकृत नागरिकता लिएका भारतीयमूलका नेपालीहरूलाई हामीले भावनात्मक रूपमा पनि नेपाली नै मानिरहेका छौं ।

अब यो प्रसंगलाई एनआरएनले भन्ने गरेको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारासँग जोडेर हेरौं । जसरी नेपालमा जन्मिएका तर विभिन्न बाध्यता र परिस्थितिले विदेशमा गई त्यहाँको नागरिकता लिई उतै स्थायी बसोबास गर्न थालेका ‘नेपाली’हरूले आफूलाई सम्बन्धित देशभन्दा जन्मभूमि नेपालप्रति ज्यादा मोह र स्नेह देखाउँछन्, उसैगरि भारतमा जन्मिएका तर नेपालको नागरिकता लिई नेपालमा बस्न थालेका भारतीयहरूले पनि नेपालमा बसेर उसैगरि आफ्नो जन्मभूमि भारतप्रति ज्यादा मोह र आशक्ति देखाउन थाले भने तपाईं के भन्नुहुन्छ ?

जसरी अर्कै देशको नागरिकता लिएर उतै बस्न थाले पनि ती ‘नेपाली’को मनमा जन्मभूमि नेपालप्रति जति धेरै माया र चिन्ता हुन्छ, नेपालको नागरिकता लिएर नेपालमै बस्न थालेका भारतीयमूलका नेपालीको मनमा पनि उनीहरूको आफ्नो जन्मभूमि भारतप्रति माया हुन नसक्ला र ? जन्मभूमिको माया भनेको केवल नेपालमा जन्मिएकालाई मात्रै त होइन होला ।

उनीहरूको पनि मनमा जन्मभूमि भारतप्रति उत्तिकै माया होला, सार्वजनिकरूपमा प्रकट गर्दै हिँडिरहेका छैनन्, त्यो बेग्लै कुरा हो । कामविशेषले नेपालमा रहेका तर स्थायी बसोबास र नागरिकता भारतकै भएकाहरूले नेपालमा बसेर ‘एक पटकको भारतीय, सधैंको भारतीय’ भनेमा त्यसलाई अन्यथा मान्न नसकिएला । यद्यपि, त्यसलाई पनि हाम्रो ‘उग्र राष्ट्रवादी मानसिकता’ले सहजै पचाउन गाह्रो छ ।

एनआरएन प्रवासी नेपालीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र दीगो विकासका लागि खोलिएको संस्था हो । यतिमात्र होइन, प्रवासमा रहेका प्रवासी नेपालीको आवश्यकता र अवस्थालाई सम्बोधन गर्दै सिकेका सीप, ज्ञान, श्रोत, साधन र क्षमतालाई मातृभूमिका लागि एउटा संवाहकका रूपमा काम गर्ने अगुवा हुनुपर्छ र हुनुपर्ने पनि त्यहि नै हो ।

एनआरएनजस्तै भारतीयहरूको पनि गैरआवासीय भारतीय संगठन (एनआरआई) छ । यद्यपि, नेपालमा एनआरआईको शाखा छ वा छैन ? मलाई जानकारी छैन । तर, यदि नभएको भए पनि भारतीयमूलका गैरआवासीय भारतीयहरूले पनि नेपालमा गैरआवासीय नेपालीले जस्तै संगठित भई सार्वजनिकरूपमा उनीहरूको जन्मभूमि भारतप्रति अगाध माया र स्नेह देखाउने गतिविधि गर्न पाउने कि नपाउने ? गर्लान् वा नगर्लान् त्यो बेग्लै कुरा हो । तर, एनआरएनले झैं नेपालको नागरिकता लिएका भारतीयमूलका नेपाली अर्थात गैरआवासीय भारतीयहरूले पनि नेपालमा सार्वजनिकरूपमै ‘एक पटकको भारतीय, सधैंको भारतीय’ भन्ने बहस र अभियान अघि बढाउन थाले भने त्यसलाई के भन्ने ? नेपाली नागरिकताधारी भारतीयमूलका नेपालीहरूले त्यसो भन्न पाउने कि नपाउने ?

एनआरएन प्रवासी नेपालीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र दीगो विकासका लागि खोलिएको संस्था हो । यतिमात्र होइन, प्रवासमा रहेका प्रवासी नेपालीको आवश्यकता र अवस्थालाई सम्बोधन गर्दै सिकेका सीप, ज्ञान, श्रोत, साधन र क्षमतालाई मातृभूमिका लागि एउटा संवाहकका रूपमा काम गर्ने अगुवा हुनुपर्छ र हुनुपर्ने पनि त्यहि नै हो । तर, यसो भन्दैमा हामी जहाँ रहे पनि नेपाली भएर जन्मिएपछि ‘सधैंको नेपाली हौं’ भनिरहनुपर्छ र ? नेपालमा रहेका केहीले नेपाल छाडेर विदेश गएकाहरू ‘नेपाली होइनौ’ भने भन्दैमा उनीहरूलाई जवाफ दिनुपर्छ भन्ने आशयले ‘एक पटकको नेपाली, हामी सधैंको नेपाली हौं’ के गर्छौ ? भनेझैं गरी नारा लगाइरहन कत्तिको सुहाउला ?


भर्खर

0