आयोजनाको पूर्व तयारी नहुँदा विनियोजित बजेट धमाधम असारे विकासमा खर्च | Khabarhub Khabarhub

आयोजनाको पूर्व तयारी नहुँदा विनियोजित बजेट धमाधम असारे विकासमा खर्च


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास आयोजनाको पूर्व तयारी नगर्दा आयोजनाका लागि विनियोजन गरिएको रकम खर्च हुन नसक्ने समस्या देखिएको सरकारी अध्ययनले देखाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अध्ययनअनुसार विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्दा तयारी, बैंकको अभाव लगायतका समस्याका कारण विनियोजित बजेट खर्च हुन नसक्ने देखिएको हो ।

पेभेलियन मिडिया ग्रुप र आइएसएसआरले गरेको कार्यक्रममा वित्त आयोगका सचिव बैंकुण्ठ अर्यालले कर्मचारी सरुवा, आयोजना बैंकको अभाव र आयोजनाको प्लानिङबिनै रकम विनियोजन गर्ने र राजनीतिक प्रभावका आधारमा आयोजनाका लागि बजेट विनियोजन गरिने भएका कारण समग्र पूँजीगत खर्चमा पर्ने गरेको देखिएको बताए ।

उनले भने,‘सन् २०१४ मा अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई नेपालमा पूँजीगत खर्च हुन नसक्नुका कारण खोजिदिन आग्रह गरेका थियौँ । आइएमएफले दिएको सुझवमा आयोजनाको प्लानिङदेखि बजेटको विनियोजन र डेलिभरीका विषयमा सुझाव दिएको थियो ।’

नेपालको मामिलामा आर्थिक वर्ष सकिन लाग्दा पूँजीगत खर्चको आकार बढ्ने देखिएको भन्दै अर्यालले भने,‘पछिल्लो ७ वर्षको तथ्याङ्क हेर्ने हो भने हरेक वर्षको असारमा मात्रै कूल पूँजीगत खर्चको ४० दशमलव ४ प्रतिशत औसतमा खर्च हुने गरेको छ । ७ वर्षकै तथ्याङ्क हेर्दा समेत औसतमा अन्तिम चौमासिकमा अधिक खर्च हुने गरेको देखिएको छ । औसतमा हरेक वर्ष ५३ दशमलव ४ प्रतिशत बजेट अन्तिम चौमासिकमा खर्च हुने गरेको छ । त्यसमा पनि साढे २५ प्रतिशत बजेट असारमा हुने अध्ययनले देखाएको छ ।’

अर्यालले वैदेशिक सहयोग र अनुदानका आयोजनामा वातावरण, सुरक्षासँगै निर्माण सामग्रीको अभाव हुने भएका कारण समयमै सम्पन्न हुन नसक्ने अवस्था रहेको समेत बताए । कामदारको समस्या र कन्सलट्याण्टको लापरबाहीका कारण समेत झण्झट हुँदा आयोजना तोकिएको समयमा पूरा हुन नसक्ने समस्या रहेको अर्यालको भनाइ छ ।

जग्गा प्राप्तिसम्बन्धी समस्या, डीपीपआरविनै कामको शुरुवात लगायतका समस्यामा समाधान गर्न सके पुँजीगत खर्च बढ्न सक्ने देखिएको उनको भनाइ छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गर्दै आएका बाबुराम कार्कीले बजेट विनियोजनमा समस्या नरहेको बताए । उनले बजेट माग गर्ने पक्षकातर्फबाट हेर्दा पूँजीगत खर्चको आकार सानो भएको देखिए पनि सप्लाई साइडबाट हेर्ने हो भने पूँजीगत खर्चको आकार कम नभएको उनको भनाइ छ ।

कर्मचारीले आयोजनाको टेण्डर आह्वान गर्दा ओभरसाइट एजेन्सीहरुसँग(अख्तियारसँग) डराउनुपर्ने अबस्था रहेको भन्दै कर्मचारी प्रशासनको मनोवल बढाउन सके पूजीगत खर्च बढ्नसक्ने समेत उनले बताए ।

उनले भने,‘विनियोजनमा समस्या छैन, डिमाण्ड साइटबाट हेर्दा रकम कम भएको देखिएको हो । सप्लाई साइडबाट हेर्दा रकम कम भयो भन्ने मलाई लाग्दैन ।’

कार्यक्रममा सहभागी अर्थविद् सत्यन्द्र तिमिल्सिनाले बजेटको विनियोजन कति भयो भन्दा पनि त्यसको आउटकम कस्तो छ भनेर हेर्नुपर्ने बताए । उनले नेपालको कुल गार्हस्थ उत्पादनको करिब १२ प्रतिशत बजेट पूँजीगत खर्चका लागि विनियोजन गरिएको भन्दै सरकारी कर्मचारीको संख्या घटाएर भएपनि कर्मचारीको तलव सुबिधा बढाउनुपर्ने बताए ।

उनले सरकारी कर्मचारीको तलबले जीवन धान्न समेत नपुग्ने अबस्था रहेको भन्दै त्यसको प्रभाव विकास निर्माणको काममा समेत परेको बताए ।

उनले भने,‘जीडीपीको १२ प्रतिशत बजेट क्यापिटल एक्सपेण्डिचरका रुपमा विनियोजन भएको छ । भारतको तुलनामा यो धेरै बढी हो । हामीकहाँ ओभरस्टापिङ छ । त्यसलाई कम गरेर भएपनि कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा संसदको अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले पूँजीगत खर्चको कूल रकमको १० प्रतिशतभन्दा बढि रकम असारमा खर्च गर्न नपाइने गरी पटक–पटक निर्देशन दिइएको भएपनि त्यसको कार्यान्वयन हुन नसकेको बताए ।

अर्थ मन्त्रालयसहित विकासे मन्त्रालयहरुसँगको समन्वयमा निर्देशन दिइएको भएपनि त्यसको कार्यान्वयन किन हुन सकेन भनेर हामीले अब निरन्तर छलफल गर्ने तयारी गरिरहेका छौँ ।

त्यसैगरी कार्यक्रममा प्रतिनिधिसभा सदस्य तुलसा थापाले देशको समग्र आर्थिक स्थिति र कार्यान्वयनको पक्ष फितलको रहेको बताइन् । उनले

आयोजनाका लागि विनियोजित रकम कसरी व्यवहारिक बनाउने भन्नै विषयमा जोड दिइन् ।
कार्यक्रममा अर्थविद् डा. दधि अधिकारीले धन्यवाद ज्ञापान गर्दै यस्ता अन्तरक्रिया समग्र आर्थिक क्षेत्रको प्रभावकारितामा महत्वपूर्ण हुने बताए ।
त्यसैगरी पेभेलियन मिडिया ग्रुपका अध्यक्ष तथा आईएसआरका कार्यकारी निर्देशक नरेश श्रेष्ठले नीजि क्षेत्र निर्वाह गरेको भूमिका र निजी क्षेत्रमा सरकारी क्षेत्रको दृष्टिकोणका विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ८ : ५४ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको