पहिरोको त्रासले रातभर जाग्राम | Khabarhub Khabarhub

पहिरोको त्रासले रातभर जाग्राम


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– लगातारको वर्षाका कारण बाजुरा जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा रहेका छन् । जथाभावी सडक खनेका कारण बस्ती जोखिममा परेका हुन् ।

बस्तीको बीचमा सडक खनेपछि अधिकांश बस्ती पहिरोको जोखिममा परेका हुन् । ती बस्तीका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । पहिरोको डरले उनीहरु सुरक्षित स्थानमा गई बास बस्ने गरेका छन् । बूढीनन्दा नगरपालिका–७ सेरकाटियाको दलित बस्ती भएर सडक खनेपछि बस्ती धरापमा परेको दत्त विकले बताए ।

मार्तडी–कोल्टी सडक खण्डमापर्ने उक्त बस्तीका ४५ दलित परिवार बढी जोखिममा परेको स्थानीयवासी जयबहादुर विकले बताए । “सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उनले भने ।

बूढीनन्दाका नगर प्रमुख पदमकुमार गिरीले नगरपालिकाका सबै वडाका बस्तीमा सडक खनेका कारण पहिरोको जोखिम रहेको बताए । “बस्ती सार्न उपयुक्त ठाउँ खोज्दै छौँ”, उनले भने । बूढीनन्दा नगरपालिकाको पिपलडालीस्थित हलिया बस्ती पनि पहिरोको जोखिममा छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ५९ बजे

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

सियोल – दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित