स्मिताको गीतमा बिजु र आँचलको रोमान्स (भिडियो) | Khabarhub Khabarhub

स्मिताको गीतमा बिजु र आँचलको रोमान्स (भिडियो)


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्मितालाई गायनमा आशिष अविरलको समेत स्वर सुन्न सकिन्छ ।

यस्तै गीतमा शब्द एकनारायण भण्डारीका छन् । गीतलाई गायक आशिषले नै कम्पोज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा आँचल शर्मा र बिजु पार्कीसँगै स्मितालाई पनि देख्न सकिन्छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बिना मगरले स्मितालाई सफलताको शुभकामना दिइन् । नाताले बिना मगर स्मिताको माइजु हुन् । कार्यक्रममा प्रचण्डपुत्री रेणु दाहाल, कलाकार जितु नेपाल लगायत उपस्थित थिए ।

‘हाम्रो परिवारको सबै राजनीतिमै छौँ तर उनले छुट्टै बाटो रोजेकी छिन्’ मन्त्री मगरले भनिन्, ‘उनले निकै मेहनत गरिरहेकी छिन् र उनलाई सफलता मिल्नेमा दुई मत छैन ।’

गायिका स्मिताले यो गीत तयार पार्न झन्डै एक वर्ष समय लागेको बताइन् । स्मिताले आगामी दिनमा सबै किसिमको गीत बजारमा ल्याउने पनि बताइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : ३३ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।