भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ | Khabarhub Khabarhub

भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारत उत्तर प्रदशमा कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धलाई हिरासतमा लिइएको छ ।

उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतमा लिइएको जनाइएको छ ।

१० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादका कारण सोनभद्र जिल्लाको अवस्था आतंकित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने विवादका लागि यसअघिको कांग्रेस सरकारलाई दोष दिएका छन् । मुख्यमन्त्री आदित्यनाथले कांग्रेसको शासन कालमा वनवासीको जमिन एक सोसाइटीको नाममा दर्ता गरिएको बताए ।

मुख्यमन्त्री योगीले घटनाको छानबिनका लागि तीन सदस्यीय छनाबिन समिति गठन गरिएको र तीन दिनभित्रै प्रतिवेदन आउने बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ४ : १८ बजे

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको