ट्रम्पको विवादास्पद अभिव्यक्ति – २०२० को राष्ट्रपतीय निर्वाचनको रणनीति ? | Khabarhub Khabarhub

ट्रम्पको विवादास्पद अभिव्यक्ति – २०२० को राष्ट्रपतीय निर्वाचनको रणनीति ?



अमेरिकाको कंग्रेसका चार महिला सदस्यहरुबारे राष्ट्रपति ट्रम्पले विवादास्पद अभिव्यक्ति दिएपछि केही दिनयता अमेरिकी राजनीतिमा एउटा तरंग आएको छ ।

राष्ट्रपति ट्रम्पले गत जुलाई १४ मा ट्वीट गर्दै डेमोक्रयाटिक पार्टीका तर्फबाट कंग्रेसका ‘प्रगतिशील’ महिला सदस्यहरु ‘पूर्ण रुपमा असफल सरकार रहेको र सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुक’ बाट आएको र अहिले उनीहरुले संसारकै शक्तिशाली र सबैभन्दा महान् मुलुक अमेरिकाको सरकार कसरी सञ्चालन गर्नेबारे मानिसहरुसमक्ष चिच्याइरहेको भन्दै उनीहरुलाई ‘जहाँबाट आएका हुन्, त्यहीँ गएर उतैको समस्या समाधान गर्न’ भनेका थिए ।

ट्रम्पको ट्वीट कंग्रेसका महिला सदस्यहरु अलेक्जेण्ड्रिया ओकाजियो कोर्टेज, रशिदा तालिब, इल्हान ओमर र आयाना प्रेस्ली तर्फ लक्षित रहेको अमेरिकी सञ्चारमाध्यमले बताउने गरेका छन् । उनीहरुले ‘अभद्र शब्द प्रयोग गरेको र नराम्रो कुरा भनेका’ कारण उनीहरु र उनीहरुका नराम्रा कामप्रति धेरै मानिसहरु क्रुद्ध रहेको भन्दै ट्रम्पले ती ‘कट्टर बामपन्थी’ महिलासदस्यहरुले अमेरिका, इजरायली जनता र अमेरिकी राष्ट्रपति कार्यालय समक्ष माफी माग्नुपर्ने समेत उल्लेख गरेका छन् ।

सन् २०१८ मा भएको कंग्रेसनल चुनावमा पहिलोपटक विजयी भएका यी चार सदस्यहरु डेमोक्र्याटिक पार्टीको प्रगतिशील गुट ‘जस्टिस डेमोक्र्याट’ का सदस्यहरु हुन् । जस्टिस डेमोक्र्याटहरुले अमेरिकी राजनीतिका विभिन्न क्षेत्रमा प्रगतिशील तहको प्रतिनिधित्व गरिरहेका छन् । ‘स्क्वाड’ नाम दिइएका ती चार सदस्यको समूहले कंग्रेसमा निःशुल्क स्वास्थ्य कार्यक्रम, विद्यार्थीको ऋण मिनाहा, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्नका लागि ग्रिन न्यू डिललगायतका प्रगतिशील विधेयकहरु प्रस्ताव गर्दै आएका छन् ।

नवउदारवादमा आधारित मूलधारको डेमोक्र्याटिक पार्टीभन्दा प्रगतिशील रहेका कारण उनीहरुलाई डेमोक्र्याटिक पार्टीको पनि ‘बामपन्थी’ रहेको बताइन्छ । यी प्रगतिशील कंग्रेस सदस्यहरु र मूलधारको डेमोक्र्याटिक पार्टीबीच पछिल्ला केही समययता चर्को विवाद समेत चल्दै आएको छ । हालैमात्र डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ तथा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र ‘स्क्वाड’ बीच सामाजिक सञ्जाल र व्यक्तिगत स्तरमै भनाभन भएपछि डेमोक्र्याटिक पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो ।

ट्रम्पले ‘जताबाट आएका हुन् उतै जान’ भन्ने टिप्पणी गरेका कंग्रेसका ती चार सदस्यमध्ये तीन अमेरिकामै जन्मेका हुन् भने चारै जना अमेरिकी नागरिक हुन् । त्यस्तै, ल्याटिनो मूलकी ओकाजियो कोर्टेजबाहेक अरु तीन सदस्य काला जातिका हुन् । यस्तोमा उनीहरुलाई जहाँबाट आएको हो, उतै जान भन्ने टिप्पणी गर्नु रंगभेदी भएको भन्दै डेमोक्र्याटहरुले ट्रम्पको चर्को आलोचना गरिरहेका छन् । हालैमात्र डेमोक्र्याटिक पार्टीको पहलमा कंग्रेसले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिसकेको छ ।

निकै राष्ट्रवादी तथा पपुलिष्ट किसिमका नेता ट्रम्प भने यस्ता विवाद र आलोचनाबाट आफ्नो आधारभूत सदस्यमाझ अझ लोकप्रिय बन्दै गएका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचन संघारमै रहेका बेला राष्ट्रपति ट्रम्प विवादमा तानिएका हुन् ।

तर, रिपब्लिकन पार्टीमा भने ट्रम्पको टिप्पणीबाट ट्रम्प अझ लोकप्रियता बढेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पको यस्तो विवादास्पद अभिव्यक्तिलगत्तै रोयटर्स र इप्सोसले गरेको सर्वेक्षणमा रिपब्लिकन मतदातामाझ ट्रम्पको लोकप्रियता ५ प्रतिशतले बढेर ७२ प्रतिशत पुगेको थियो । बुधबारमात्रै ट्रम्पले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सभिल शहरमा आयोजना गरेको ¥यालीमा ट्रम्पले हरेक पटक कंग्रेसकी सदस्य इल्हान ओमरको नाम लिँदा सहभागीहरुले उनलाई ‘उतै पठाउन’ भन्दै नारा लगाएका थिए । ओमरको जन्म अफ्रिकी मुलुक सोमालियामा भएको थियो ।

निकै राष्ट्रवादी तथा पपुलिष्ट किसिमका नेता ट्रम्प भने यस्ता विवाद र आलोचनाबाट आफ्नो आधारभूत सदस्यमाझ अझ लोकप्रिय बन्दै गएका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचन संघारमै रहेका बेला राष्ट्रपति ट्रम्प विवादमा तानिएका हुन् ।

रिपब्लिकन आधारमाझ अझ लोकप्रिय बन्नकै लागि समेत उनी विवादमा तानिएको हुनसक्ने टिप्पणी भइरहेका छन् । उनी डेमोक्र्याटिक पार्टीलाई जतिसक्दो बामपन्थी र आफूलाई राष्ट्रवादी देखाउन चाहन्छन् । यसबाट उसैपनि कठोर रहने आँकलन गरिएको चुनावी प्रतिस्पर्धालाई ट्रम्प ‘उग्र बामपन्थी डेमोक्र्याट’ र ‘राष्ट्रवादी रिपब्लिकन’ बीचको प्रतिस्पर्धाका रुपमा चित्रित गर्न चाहन्छन् । यस्ता विवादास्पद अभिव्यक्तिले नरमपन्थी र मध्यधारका मतदाताले आफूलाई मत दिनसक्ने ट्रम्पको विश्वास रहेको अमेरिकी सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

पछिल्लो समय अमेरिकी राजनीतिमा तीब्र ध्रुवीकरण उत्पन्न हुँदै आएको छ । ट्रम्पको राष्ट्रपतीय कार्यकालमा रिपब्लिकनहरु थप दक्षिणपन्थतर्फ आकर्षित बन्दै गएका छन् भने डेमोक्र्याटहरु अझ उदार, प्रगतिशील र केही हदसम्म समाजवादी धारतर्फ आकर्षित बन्दै जान थालेका छन् ।

हाल राष्ट्रपतीय निर्वाचनको मैदानमा २० भन्दा धेरै डेमोक्र्याटहरु होमिएका छन् । डेमोक्र्याटहरु जनताको मत प्राप्त गर्नका लागि आफू जतिसक्दो प्रगतिशील देखाउन चाहन्छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदरवार बन्ने होडमा रहेका बर्नी स्याण्डर्सले त आफूलाई ‘लोकतान्त्रिक समाजवादी’ सम्मको संज्ञा दिइसकेका छन् ।

उदार पुँजीवादी र लोकतन्त्रिक व्यवस्थामा आधारित रहेको अमेरिकी समाजमा कुनै पनि किसिमको समाजवादलाई शीत युद्धको प्रतिद्वन्द्वी सोभियत संघको साम्यवादी व्यवस्थासँग जोडेर हेरिन्छ ।

यस्तोमा डेमोक्र्याट नेताहरु आफूलाई समाजवादीको संज्ञा दिएको अवस्थामा दक्षिण तथा मध्य दक्षिणपन्थी र राजनीतिक आधारमा मध्य धारमा रहेका मतदाताले यसलाई सहजै स्वीकार गर्नेमा आशंका छ । डेमोक्र्याटहरु अझ बामपन्थी धारतर्फ उन्मुख हुँदै गएको अवस्थामा ट्रम्पले मतदातासमक्ष आफूलाई वामपन्थको विरुद्धमा देखाउन र सन् २०२० मा उनै दक्षिण तथा मध्य दक्षिणपन्थी र राजनीतिक आधारमा मध्य धारमा रहेका मतदातालाई आकर्षित गर्नका लागि यस्तो विवादास्पद अभिव्यक्ति दिएको अमेरिकी सञ्चारमाध्यममा विश्लेषण छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ३ : ३८ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा