क्रिकेटबाट सन्न्यास लिँदै जिम्बाबेका खेलाडी राजाले भने–एक निर्णयले धेरैको करियर सिध्याउँछ | Khabarhub Khabarhub

क्रिकेटबाट सन्न्यास लिँदै जिम्बाबेका खेलाडी राजाले भने–एक निर्णयले धेरैको करियर सिध्याउँछ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –जिम्बाबे क्रिकेट टोलीका आक्रमक ब्याट्सम्यान सिकन्दर राजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा एक भावुक ट्वीट लेख्दै राजाले सन्यासको घोषणा गरेका हुन् । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बाबे क्रिकेट संघमा सरकारले हस्तक्षप गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

आईसीसीको नियमावलीको धारा २.४ को सी र डी का अनुसार जिम्बाबेलाई प्रतिबन्ध लगाएको आईसीसीका अध्यक्ष शशांक मनोहरले बताएका छन् ।

राजाले प्रतिबन्धले कयौं मानिसहरुको करियर ध्वस्त बनाएको र कयौंलाई बेरोजगार बनाएको उल्लेख गर्दै एउटै निर्णय कति शक्तिशाली छ भन्दै लेखेको छन् ।

‘कसरी एउटा निर्णयले टिमलाई कमजोर बनाउँछ ।
कसरी एउटा निर्णयले धेरै मानिसलाई बेरोजगार बनाउँछ
कसरी एउटा निर्णयले धेरै परिवारमा असर गर्छ,
कसरी एउटा निर्णयले धेरै करियरलाई समाप्त पार्छ,
‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट निश्चित रुपमा विदा लिन चाहेको थिइन।’

समर्थकहरुले उनको यस निर्णयलाई दुखद् भनेका छन् ।

राजाले नेपाली क्रिकेट टोलीविरुद्ध सन् २०१८ मा भएको आईसीसी विश्वकप छनोटमा आक्रमक ब्याटिङ गर्दै ६६ बलमा १ सय २३ रन बनाएका थिए । उक्त खेलमा नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भएको थियो ।

राजाले जिम्बाबेबाट खेलेका १२ टेस्ट खेलमा ८ सय १८ रन बनाएका छन् भने एकदिवसीय क्रिकेटमा २ हजार ५ सय १५ रन बनाउँदा २८ टि–२० खेलमा ३सय८२ रन बनाएका छन् ।

यस्तै फष्ट क्लास क्रिकेटमा खेलेका ५४ खेलमा ३ हजार २ सय सात रन बनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : २८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले