कालीमाटी तरकारी बजारमा अनुगमन– धेरै पैसा लिने १९ व्यापारीलाई कारवाही | Khabarhub Khabarhub

कालीमाटी तरकारी बजारमा अनुगमन– धेरै पैसा लिने १९ व्यापारीलाई कारवाही


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनपरी रुपमा तरकारी तथा फलफूलको मूल्य बढाएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई कारवाही गरेको छ ।

विभागले मनपरी मूल्य बढाउने बल्खु र कालीमाटीका १९ जना तरकारी तथा फलफूलका थोक व्यापारीलाई कारबाही गरेको हो ।

तरकारी र फलफूलको भाउ अत्याधिक रुपमा बढेको गुनासो आएपछि शुक्रबार विहान ३ बजेदेखि ८ बजेसम्म विभागले तरकारी बजारमा अनुगमन गरेको थियो ।

कालिमाटी र बल्खुको तरकारी बजारमा दुई टोली बनाएर गरिएको अनुगमनका क्रममा तरकारी बजार बल्खुका ११ र कालीमाटी तरकारी बजारका ८ व्यापारीमाथि कारवाहीसमेत गरिएको छ । कारवाहीमा परेका व्यापारिलाई ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।

उनीहरुलाई आवश्यक कागजातसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको कालिमाटी फलफूल तथा तरकारी बजारका निर्देशक तेजेन्द्र पौडेलले बताए ।

कालीमाटीका लागि निरीक्षण टोलीको नेतृत्व गरेका दीपक पोखरेलले धेरै नाफा राखेर विक्रीवितरण गरेको र बिलजिकबिनै कारोबार गरेको पाइएको बताए ।

एक होलसेल व्यपारीले अर्कोलाई बेच्दा ५० रुपैयाँ सम्म नाफा राखेर बेचिएको पाइएको अनुगमन टोलीले फेला परेको थियो ।

बाढी, पहिरो, विषादी परीक्षण आदीको नाममा व्यापारीले अस्वभाविक रुपमा तरकारी तथा फलफूलको मूल्य तोक्दा उपभोक्ता मारमा परेको भन्दै गुनासो बढेपछि विभागले अनुगमन गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : ०७ बजे

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस