हेर्नुहोस् करोडको रक्सीले नुहाउने महिला | Khabarhub Khabarhub

हेर्नुहोस् करोडको रक्सीले नुहाउने महिला


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुन त सम्पत्ति भएपछि आफ्नो हिसावमा त्यो सम्पत्तिको खर्च गर्नु कुनै अनौठो कुरा होइन । तर, संसारमा केहि व्यक्ति यस्ता छन् जो सोच्नै नसकिने काममा अनावश्यक पैसा खर्च गरिरहन्छन् ।

आज हामीले पाकिस्तान मुलकी बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको शौख सम्बन्धि केही प्रसङ्ग पस्किएका छौं ।

सुन्दैपनि तपाईंलाई पत्यार नलाग्न सक्छ । उनी नुहाउनका लागि मात्र प्रत्येक दिन २०–३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन् । त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ । यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।

यतिमात्र होइन, कमालियाले आफ्नो शानसौकत देखाउनकै लागि २०/२२ जना काम गर्ने मान्छे राखेकी छिन् । जसको खर्च दुई करोड भन्दा बढि छ । उनी ६४ लाख रुपैयाँ पर्ने हिरा जडिएको घडी लगाउँछिन् । उनको विभिन्न स्थानमा १० वटा घर र प्राइभेट जेट छ । वार्षिक ६ लाख चस्मा र ३२ लाख रुपैयाँ जुत्तामा खर्च गर्छिन् । यतिमात्र होइन, एक रात बिताउनको लागि पेरिसको सबैभन्दा ठूलो होटेल सुट इम्पेरियल जान्छिन् र त्यहाँ ३५ लाख खर्च गर्छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ५९ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका