‘साजिश’को सिद्धान्तले नेपाली राजनीतिमा पारेको असर « Khabarhub

‘साजिश’को सिद्धान्तले नेपाली राजनीतिमा पारेको असर



१. विषय प्रसंग
वेष्ट मिनिष्टर मेाडेलमा एक सार्वभौमिक या राज्यको प्रमुख कार्यकारी (नेपालकको सन्दर्भमा राष्टपति) को धेरै आरक्षित शक्तिहरु कानूनी र संवैधानिकको नाममात्रमा कार्य गर्दछ जसमा केवल नियमित दैनिक कर्तव्यहरु गर्ने कार्यहरुसँग पर्दछन ।

प्रधानमन्त्री सरकारको प्रमुख वा कार्यकारी प्रमुखको रूपमा चिनिन्छ जसलाई राज्य को प्रमुखले संसद (नेपालको सन्दर्भमा संघीय व्यबस्थापिका) मा रहेका बहुमत सांसदहरुबाट छानिएको व्यक्तिलाई नियुक्त गर्छन ।

नेपालको संविधान अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ । यदि प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।

प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ । नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

नेपालको नया संविधान २०७२ भाग ८ अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ । प्रतिनिधि सभामा दुई सय पचहत्तर सदस्य रहनेछन् । नेपाललाई भूगोल र जनसंख्याको आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ सदस्य तथा सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने ११० सदस्य ।

नेपालको चुनावी ईतिहास हेर्दा नेपाली कांग्रेसको स्थिति त्यति सहज छैन किनकि वेस्टमिनिष्टर मेाडेलमा आधारित चुनावमा २०१५ सालमा दुईतिहाइको बहुमत २०७४ मा आउदा तेश्रो स्थानमा झरेको पाईन्छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुनेछ । त्यसरी उम्मेदवारी दिंदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्नेछ ।

यस्तो संघीय व्यवस्थापिका मिश्रित प्रणालीको आधारमा गठन हुने सरकारमा कुनै एक पार्टीको बहुमतको सरकार बन्नु असम्भवनै देखिने अहिलेको राजनीतिक प्रणालिमा पूर्व एमाले र पूर्व माकेको संयुक्त वाममोर्चाको स्थापना हुदै पुनसंरचित नेकपाको नेतृत्वमा संचालित वर्तमान सरकार लगभग दुईतिहाईको हुदा केही हदसम्म साजिश सिद्धान्तले काम गरेको होकी भन्ने शंका लाग्नु अस्वभाविक होईन किनकी पुरातनवादी विचारबाट प्रभावित विपक्षीहरु उग्र वामपन्थि राजनीतिबाट हुर्केको वर्तमान सरकारको कार्यशैलीमा साजिश हुर्केको अनुमान गर्दैछन ।

यस लेखमा साजिशको सिद्धान्त प्रयेाग किन गरिएको भने विश्वका अन्य देशमा साजिशको खेलबाट निस्किनेजस्तै परिणामहरु नेपालको राजनीतिमा पनि पाउन सकिन्छ । अर्को अर्थमा भन्नुपर्दा ब्रिटिस राजको ‘फुटाउ र राज’ गर भन्ने मान्यताबाट हाम्रो राजनीति बढी नै प्रभावित हुन्छ । विगत ५० बर्षमा नेपालमा गठन भएका अल्पआयुका सरकारहरु र केही सरकारहरु बहुमतमा हुदाहुदै पनि आफ्नेा अवधि पुरा नगरि जालझेलको परिणामबाट सत्ताबाट मुक्तहुन परेको हामीसंग ज्वलन्त उदाहरणहरु छन् ।

२०७४ साल मंसिर १० र २१ गते सम्पन्न संघीय र प्रदेशको चुनावमा संयुक्त बाममेार्चाको दुइतिहाई उन्मुख बहुमतले नेपाली कांग्रेसको हालसम्मको राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हावी हुने ईतिहासमा केही प्रश्नवाचक चिन्ह खडा भएको छ । नेपालको चुनावी ईतिहास हेर्दा नेपाली कांग्रेसको स्थिति त्यति सहज छैन किनकि वेस्टमिनिष्टर मेाडेलमा आधारित चुनावमा २०१५ सालमा दुईतिहाइको बहुमत २०७४ मा आउदा तेश्रो स्थानमा झरेको पाईन्छ ।

बाममोर्चादेखि नेकपाको पुनसंरचनामा पुष्पकमल दाहाल प्रचण्डको अस्थिर नेतृत्वलाई उचाल्न नेपाली कांग्रेस निरन्तर लागिराखेको छ । दुवै पूर्व एमाले र पूर्व माओवादी केन्द्र भित्रका केही शक्तिशाली नेतृत्वहरुले पनि नेपाली कांग्रेसको साजिशलाई अप्रत्यक्षरुपमा मलजल गर्दै बाममेार्चा भत्काउने प्रयासमा लागेको पाईन्थ्येा तर असफल भयेा र दुई पार्टीहरु एकिकरण भए ।

हाल आएर संगठनात्मक एकीकृत पूर्णरुपमाहुन सकिराखेको छैन । ओली र प्रचण्डको साजिसका कारण पार्टी भित्र गुट उपगुटहरुको सासाना समूहहरु उम्रिन गई राखेको देखिनुका साथै त्यी गुट उपगुटहरुले अध्यक्षद्वको बिरुद्धमा आवाज उठ्न थालेको पनि पाईन्छ । येा साजिश खेलमा अध्यक्षद्वनै अप्रत्यक्षरुपमा संलग्न छन भन्दा अनुपयुक्त नहेाला ।

वर्तमान दुईतिहाईको सरकारको नेतृत्व गरेका ओली र भावी सरकार र पार्टी दुवैको नेतृत्वको दावेदार प्रचण्डबीच भएको अघोषित मेार्चाले माधवकुमार नेपाल, झलनाथ र वामदेवको राजनीतिक भविष्य देाषाधमा देखिन्छ । साजिशको सिद्धान्तको आधारमा सत्ताभित्र र प्रतिपक्षभित्र पनि एक आपसमा सिध्याउने वा कमजेार बनाउने खेल भइरहदा नेपाली राजनीतिमा नव माओवादी विप्लवको समर्थन र विरेाधमा सत्ताभित्र र प्रतिपक्षभित्रनै आवाज उठाईनु सदाझै साजिश झन मैालाउदै गएको देखिन्छ ।

लोकतन्त्रको सुन्दर पक्ष राजनीतिक खुल्ला प्रतिष्प्रधाबाट निश्चितसमयको लागि जनताको अभिमतको माध्यमबाट राज्यको बागडोर समात्नु हो । तर नेपालमा लोकतन्त्रबाट स्थापित सरकारले संविधानले तेाकेको अवधी कार्यकाल कहिल्यै पुरा गर्न सकेन।

२. साजिश सिद्धान्तहरु (Conspiracy Theories)

पहिला दुई अलग अलग शब्दावलीहरु जस्तै सिद्धान्त तथा साजिश अनिसँगै जोडिएको आएको साजिश सिद्धान्तसंग परिचित हुनुपर्दछ । चलनचल्तिमा बढी बुझिने भाषामा सिद्धान्तलाई थोरै वा विना प्रमाणमा आधारित विश्वास मानिन्छ तर यो स्थापित व्याख्या हुनुपर्छ । साजिशसंग दुई चीजहरु जोडिएको आएको हुन्छः पहिलो सँगै काम गर्ने एजेण्टहरुको समूह र दोश्रो अतिनै गोपनीय हुनुपर्छ । सर्वप्रथम साजिश शब्द अमेरिकन ऐतिहासिक समीक्षा पत्रिकामा सन १९०९ मा उद्धृत गरिएको थियेा तथापि यो शब्द अप्रिल १८७० मा पत्रिकाहरूमा प्रयेाग भएको पनि पाइन्छ ।

यो “साजिश” शब्द ल्याटिन Con (“सँगै, साथ”) र Spirare (“साँस फेर्न”) बाट बनेको हो। यथार्थमा गोप्यरुपमा एजेण्टहरुको समूहले गर्ने कार्य नै साजिश हो । डेनाएल पाइप्सद्वारा सन १९९७ मा Conspiracy: How the Paranoid Style Flourishes Where It Comes From लेखेको कितावमा साजिश सिद्धान्त अस्तित्वमा नभएको साजिशको डर हो भनेका छन् अर्थात साजिश कार्य हो र साजिश सिद्धान्त त्यस्को अवधारणा हो ।

साजिश सिद्धान्त एक साजिश घटनाको बारेमा गरिने साजिशिक व्याख्या हो । अक्सफोर्ड अंग्रेजी डिक्शनरी अनुसार साजिश सिद्धान्तले एक घटना या घटनासंग सम्बन्धित पार्टीहरुको बीच जालझेलको परिणाम बाट जन्मने अस्पष्ट वा रहस्यमय परिणामलाई वर्णन गर्छ । यो केहि गुप्त तर प्रभावशाली एजेन्सी सामान्यतया राजनीतिरुपमा उत्प्रेरित र दमनकारी चाहनाबाट प्रभावित हुन्छ ।

साजिश सिद्धान्तले कुनै पनि विषयको कुरा लिन सक्छ, तर त्यस्तेा विषयहरू लिन्छ जस्ले अन्य भन्दा बढी आकर्षित गराउदछ जस्मा प्रसिद्ध मृत्यु, सरकारी गतिविधिहरू, नयाँ प्रविधिहरू, आतंकवाद र विदेशी जीवनसंग सम्बन्धित विषयहरु हुन्छन् । साजिशको सिद्धान्तलाई धेरै विद्धानहरुबाट ब्याख्या गरेका छन मैले यहा माइकल बार्कुर (Michael Barkun) ले ३ भागमा बर्गिकरण गरेको साजिशको ब्याख्यालाई आधार बनाएर आफनेा राय सुरुवात गर्ने प्रयास गरेको छु ।

क. घटना साजिश सिद्धान्तहरु (Event Conspiracy Theories): यसले सीमित र राम्रो परिभाषित घटनाहरूलाई बुझाउँछ। उदाहरणहरुको लागि सबैभन्दा लामो समयसम्म र सबैभन्दा व्यापक रूपमा मान्यता प्राप्त साजिशको सिद्धान्तमा सन १९६८ मा भएको जॉन एफ केनेडी मृत्यु, चन्द्रमा अपोलो उत्रेको, ९/११ को आतंकवादी हमला, नेपालमा मदन भण्डारीको मृत्यु र दरवार हत्याकाण्डलाई लिन सकिन्छ जुन चाही दुवै वास्तविक र काल्पनिक पनि हुनसक्छ ।

ख. प्रणालीगत साजिश सिद्धान्तहरू (Systematic Conspiracy Theories): यस्ता सिद्धान्तहरू कथित व्यापक उद्देश्यहरू जस्तै देश वा विश्वको वर्चस्वमा पर्दछ। बर्कुनको अनुसार, त्यस्ता सिद्धान्तहरूको लागि साजिशकारी यन्त्र सामान्यतया सरल छ । उदाहरणहरूमा धर्म र कम्युनिस्ट बारेमा जालझेल सिद्धान्तहरू हुन सक्छन् । नेपालमा ख्रिष्टीएन धर्मको बढ्तेा प्रचार र बिश्व कम्युनिष्ट आन्देालनमा भइराखेको साजिश खेल र पंश्चिमाहरुले नेपाल मार्फत तिब्वत हुदै चिन घेर्ने रणनीति आदि लिन सकिन्छ ।

ग. उच्च साजिश सिद्धान्तहरु (Superconspiracy Theories): बर्कुनको लागि यस्ता सिद्धान्तहरूले धेरैजसो कथित साजिशहरूको एकआपसमा हुने क्रमबद्ध सम्बद्धलाई दर्शाउछ । पहिलेा र देाश्रेा साजिशको संयुक्त सिद्धान्तहरुको परिणामलाई पनि यस भित्र राख्न सकिन्छ । बामपन्थी बिचको फुटलाई उच्च साजिशको आधारमा बाट सधैव राजनीतिकरुपबाट सत्तामा भईराख्नु विगतमा कांग्रेसको सफल रणनीति मान्न सकिन्छ । पंचायतको ३० बर्षे अवधी पनि कांग्रेस कम्युनिष्ट वीचको द्वन्दलाई मलजल गराउने साजिशको सिद्धान्तबाट टिकेको थियेा ।

३. साजिश उन्मुख असफल राजनीतिक प्रणालीको अभ्यास

लोकतन्त्रको सुन्दर पक्ष भनेको राजनीतिक खुल्ला प्रतिष्प्रधाबाट निश्चितसमयको लागि जनताको अभिमतको माध्यमबाट राज्यको बागडेार समात्नु हो । तर नेपालमा लोकतन्त्रबाट स्थापित सरकारले संविधानले तेाकेको अवधी कार्यकाल कहिल्यै पुरा गर्न सकेन । लोकतन्त्रलाई आफ्नेा राजनीतिक सिद्धान्त मान्ने नेपाली कांग्रेसले बि.सं. २०१५ सालमा दुई तिहाई पाएको बिपि कोइराला नेतृत्व लेाकतान्त्रिक सरकार पुरा समय चलाउन सकेन ।

बहुदलीय ब्यबस्थाको पुनर्स्थापना पश्चात लेाकमतको आधारमा बहुमत ल्याएको गिरिजा प्रसाद कोइराला नेतृत्वले पनि वेष्ट मिनिष्टर मेाडेलमा बनेको सरकारको आयु पुरा गर्न सकेन । पार्टीको आन्तरिक लोकतन्त्रमा अति कमजेार मानिएको नेपाली कांग्रेसको संगठनात्मक संरचनामा नै साजिशले जरेा गाढ्केा देखिन्छ किनकी वीपीको सरकार ढाल्नमा कांग्रेसकै हस्तीहरुको भुमिका भएको इतिहासमा पढ्न पाइन्छ ।

अर्का जीपी कोइरालाले आफ्नै पार्टीका हस्तीहरु गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई पाखा लगाउन खोज्दा सिर्जना भएको साजिश उन्मुख राजनीतिक खेलले वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली कांग्रेसलाई यस हविगतमा पुराएको कुनै एक कारण मान्दा त्यति फरक नपर्ला । विगतमा बनेका अल्पमत (मनमोहन अधिकारी नेतृत्व, शेर बहादुर देउवा नेतृत्व, लेाकेन्द्र बहादुर चन्द नेतृत्व, सुर्य बहादुर थापा नेतृत्व र जीपी कोइराला नेतृत्व) र बहुमत (नेपाली कांग्रेसका कृष्ण प्रसाद भट्टराई र जीपी कोइराला नेतृत्व) का सबै लेाकतान्त्रिक सरकारहरु लगाएत तत्कालिन राजा ज्ञानेन्द्र शाहको संरक्षकत्वमा गठित शेर बहादुर देउवादेखि सुर्य बहादुर थापा नेतृत्वका सवै सरकारहरु असफल हुदै गएका थिए ।

सुशुप्त स्वरमा वर्तमान प्रधानमन्त्री ओलीले उठाएको मध्यावधी निर्वाचनको घुरर्क्याई र प्रचण्डले पनि ओलीसँग पार्टी एकीकृत हुँदाको सरकारको नेतृत्व सम्बन्धी सहमतिको स्मरणको फ्युजनबाट जन्मेको नेकपाको राजनीतिक दस्तादेजको मसौदाले वर्तमान राजनीतिक प्रणालीमा स्थिरतामा कुनै रोडम्याप नदिएको भन्ने प्रश्न उठेकोले कुनै एक पार्टीले बहुमत ल्याएर पुर्ण कार्यकाल चलाउन नसक्ने पुरानो अभ्यास दोहरिनेहोकी भन्ने शंका उब्जिदै छ । बर्तमान दुईतिहाईको सरकारलाई गिराएर साजिशको आधारमा सत्तामा जान सकिन्छ कि भनेर पुनसंरचित नेकपालाई विभाजन गर्न भारत र विपक्षीहरु आआफ्नो तवरवाट लागिपरेको भन्ने केही राजनीतिक पण्डितहरुको भनाई छ ।

४. संघीय चुनावले उब्जाएको नतिजा र साजिशको मोह

देाश्रो संविधान सभा र नया संविधान अनुसार भएको पहिलो संघीय निर्वाचनको नतिजालाई विश्लेषण गर्दा यस निर्वाचनमा लगभग ८ प्रतिशत आफ्नेा सहानुभुती मत बढाएको नेपाली कांग्रेस तर वेष्ट मिनिष्टर मोडेलमा आधारित संसदमा बहुमत सभासदहरुको संख्या हुन नसकेको कारणबाट हारेको छ । फुटाउ र राज गर भन्ने ब्रिटस राजसंग मिल्ने साजिश सिद्धान्त प्रयेाग गर्न खप्पिस नेपाली कांग्रेस यस निर्वाचनमा असफल भएपछि प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपाले १ सय ५२ सिट जितेको छ जसमा नेकपाले १६५ मध्ये ८० सिट (७१ प्रतिशत) मा जित हात पारि सबैभन्दा ठूलो पार्टी बनेको छ।

२०७० को दोश्रो संविधान सभाको निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस प्रत्यक्षतर्फ २३ सिट (१४ प्रतिशत) मा जित हात पारेर तेश्रो बनेको छ। राजपाले ११ (७ प्रतिशत) र संघीय फोरमले १० सिट (६ प्रतिशत) जितेका छन्। अन्य दलले ५ सिट (२ प्रतिशत) जितेका छन्। अन्य दल भित्र नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन्। बिजयी सभासदहरुलाइ क्षेत्र र धार्मिक रुपमा छुट्टाउदाँ निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१ सय ६५ निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभातर्फ ६ सिटमा महिला निर्वाचित भएका छन् । संविधान अनुसार संसदमा ३३ प्रतिशत महिलाहरुको उपस्थिति अनिवार्य हुनु पर्ने भएकाले समानुपातिकबाट आउने सिटबाट अपुग संख्या समायेाजन गरिएको छ । प्रतिनिधिसभामा तीन जना दलितहरुमात्रले चुनाव जितेका छन् ।

निर्वाचनबाट प्रतिनिधिसभामा मगर, थार, तामाङ, नेवार, राई, गुरुङ, लिम्बू, सुनुवार र थकालीबाट संसद्मा प्रतिनिधित्व गर्ने भएका छन् जवकी ६० भन्दा बढी जनजातिहरुको अस्तित्व नेपालमा पाईन्छ । पछिल्लेा जनगणना अनुसार मगर, थारू, तामाङ्ग, र नेवार क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटैा प्रमुख जातजातिहरूको स्थानमा छन् । जनसंख्याको आधारमा हेर्दा पहाडे ब्रामण/क्षत्रीठकुरी/दशनामीबाट संसदमा प्रतिनिधित्व गर्नेहरुको संख्या बढी छ तर वि.सं. २०७० सालको दोश्रो संविधानसभाको तुलनामा बि.सं.२०७४ को संघीय चुनावमा लगभग छ प्रतिशतले घटेको छ । यस निर्वाचनमा मधेशी तथा तराई जनजातिको जनसंख्याको प्रतिशत भन्दा संसदमा उनीहरुको प्रतिनिधित्व दुई प्रतिशतले बढी देखिन्छ । हिमाल तथा पहाडे जनजातिबाट कुल जनसंख्याको ४ प्रतिशत कम सांसदहरुले प्रतिनिधित्व गर्दछन् ।

दलित र मुसलवानबाट प्रतिनिधित्व गर्ने सांसदहरुको संख्या उनीहरुको जनसंख्याको प्रतिशतको आधारमा धेरै कम भएको पाईन्छ । राजनीतिक पार्टीहरुले दलित तथा मुसलवानहरुको जनसंख्या अनुसारको संसदमा प्रतिनिधित्व गराउन समानुपातिकमा प्राप्त सिटमा सेाही अनुसार वाँडफाड गरिनु पर्दछ ।

जनसंख्याको आधारमा संसदमा उपस्थिति हुन नसक्ने यी वर्गहरुको संसदमा सुनिश्चता संविधानले दिन खेाजेता पनि जितहारको साजिशमा असंभव देखिन्छ तर महिलाहरुको हकमाभने स्पष्ट कोटा निश्चित गर्नाले संविधानमा उल्लेख भए अनुसार महिलाहरुको प्रतिनिधित्व हुने देखिन्छ । संविधान अनुसार वनेको यो संरचना साजिशको आधारमा भत्काउन हुन्न किनकी संवैधानिक संकटले द्वन्दबाट प्रभावित नेपाल सदा राजनीतिक अस्थिरतामा गाजिराखेको हुन्छ ।

६. अप्राकृतिक गठवन्धन साजिश सिद्धान्तले जन्माउछ

ब्यक्ति विशेषको लागि गरिने साजिश भन्दा संस्थागतरुपमा गरिने साजिशले कहिलेकाही अप्राकृतिक गठबन्धन जन्माउछ र परिणाम पनि नकरात्मकनै हुन्छ । जेस वाल्करले साजिस सिद्धान्तलाई ५ भाग (Enemy Outside, Enemy Within, Enemy Above, Enemy Below तथा Benevolent Conspiracy) मा बर्गिकरण गरि व्यक्तिदेखि संघ संगठनबाट हुने साजिसहरुको खेललाई ब्याख्या गरेका छन् ।

नेपालमा विनाशकारी स्थिति नआईराखेको अवस्थामा असंवैधानिक अभ्यासलाई मान्यता दिनुभनेको विगतमा जस्तै अप्राकृतिक गठबन्धनको खेल मौलाउन दिएर लोकतन्त्रको स्थायित्वमा संकट ल्याउनु हो ।

यिनै साजिसको सिद्धान्तमा आधारमा विगतमा पूर्व एमालेले आफ्नेा जननेता मदन भण्डारीको भनाई -राजनीतिमा कोही पनि स्थायी शत्रु हुदैन- मा रहेर पुर्वपंच लेाकेन्द्र बहादुर चन्दको नेतृत्वको सरकारमा सामिल भएको परम्परालाई पूर्व एमालेले नै अपनाएको साजिश सिद्धान्तलाई उपयेाग गरि नेपाली कांग्रेसले पुर्वपंच सुर्य बहादुर थापाको नेतृत्वको सरकार बनाउदा सुरासुन्दरी र सांसद खरिदबिक्री जस्ता बिकृतिको परम्परालाई शेर बहादुर देउवाले अगाल्न सुरुवात गरेको इतिहास हामी समक्ष छ । यस्तेा गठबन्धन नया संविधान अनुसार भएको निर्वाचन अगाडी सम्मको सरकारको बनावटमा देखिन्थ्येा ।

कुनै सैधान्तिक पक्षमा नभई शक्तिशाली व्यक्तिहरूले उनीहरूको आफ्नै लाभको लागि घटनाहरू हेरेर गरिने साजिशलाई जेस वाल्करले शत्रु माथि (Enemy Above) को साजिस सिद्धान्त भन्दछन् । राम्रो बहुमत हुदा हुदै पनि ओली नेतृत्व सरकारले उपेन्द्र यादव नेतृत्व पार्टीलाई भित्राएर दुईतिहाईको सरकार वनाउदा पनि सोचे जति सफलता प्राप्त गर्न नसकेर विपक्षीहरुबाट साजिशको खेलको गन्ध पाएको महसुस हुनु ओली-प्रचण्डको एकतामा दरार सिर्जना गर्न दक्षिणपंथी समूहहरुबाट सफल हुदैछ वा ओली र प्रचण्ड आआफ्नो समूहको संरचनालाई वलियो बनाउदै विगतमा जस्तै अप्राकृतिक गठबन्धन सरकारको पुनस्थापना गराउने खेल हुदैछ यो प्रश्न उत्तरित हुन जरुरी छ ।

विपक्षी खास गरेर नेपाली कांग्रेस पनि आफ्नो वेष्ट मिनिष्टर मेाडेलको सैद्धान्तिक धरातलमा नवसि सरकार गिराउन साजिशको खेलमा संलग्न हुनुहुदैन । जेस वाल्करले बर्गिकरण गरेको “विनाशकारी साजिश” ले संसारलाई सुधार गर्न र मानिसहरूलाई सहायता गर्नका लागि प्रयेाग गर्न सकिन्छ भन्ने मान्यतामा रहेर गरिने राजनीतिक गठबन्धनले त्तत्कालिन अवस्थामा सकरात्मक नतिजा देला तर नेपालमा विनाशकारी स्थिति नआईराखेको अवस्थामा असंवैधानिक अभ्यासलाई मान्यता दिनुभनेको विगतमा जस्तै अप्राकृतिक गठबन्धनको खेल मौलाउन दिएर लोकतन्त्रको स्थायित्वमा संकट ल्याउनु हो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ३१ बजे

अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई

काठमाडौं– नेपालमा भ्रमणका क्रममा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भूमिका

हेटौँडा उपमहानगरमा नेकपा (एस) की मीनाकुमारी लामा निर्वाचित

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजय भएको छ

राप्ती नगरपालिकाको मेयरमा समाजवादीका लामा विजयी

चितवन– नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विषेश जिम्मेवारी प्रदान

कोलम्बो- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता