धनगढी बम विस्फोट अपडेटः घाइते एक जनाको ज्यान गयो | Khabarhub Khabarhub

धनगढी बम विस्फोट अपडेटः घाइते एक जनाको ज्यान गयो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा बम विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको निलम होटलमा भएको विष्फोटमा घाइते भएका अन्य चार जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा लक्ष्मण सेरेला, मोविन खान, जितेन्द्र यादव र केशवराज पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा डिएसपी दक्षकुमार बस्नेतले घटनाको लगत्तै प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।

बम बिस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटनास्थलमा एक थान पेस्तोल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच विप्लव समूहका कैलाली जिल्ला सेक्रेटरी ‘प्रकाश’ले एक विज्ञप्ती जारी गर्दै बम विष्फोटको घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार