चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा– चिनियाँ राष्ट्रपति | Khabarhub Khabarhub

चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा– चिनियाँ राष्ट्रपति


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गरेको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनपिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन्।

उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सि चिनपिङले बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका