जापानमा भूकम्प, १६ जना घाइते | Khabarhub Khabarhub

जापानमा भूकम्प, १६ जना घाइते


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो । जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो ।

प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गरेका छन् ।  टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन् । भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो ।

गत जुन महिनामा ओशाका क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट पाँच जनाको ज्यान जानुका साथै ३५० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०११ मार्च ११ मा ९ म्याग्नीच्यूडको भूकम्पबाट सिर्जित सुनामीले प्रशान्त महासागरीय मुलुकहरुमा हजारौंको ज्यान गएको थियो ।

जापानको निगाता पनि भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त क्षेत्रमा पर्दछ। सन् २००४ मा ६.८ म्याग्नीच्यूडको भूकम्पबाट ६८ जनाको मृत्यु भएको थियो । जापान भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त राष्ट्र हो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न