२० वर्षीया सुजाताको हत्या गरी ७८ हजार लुटियो | Khabarhub Khabarhub

२० वर्षीया सुजाताको हत्या गरी ७८ हजार लुटियो


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथर एक युवतीको हत्या भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका गोपेटार बजारमा रहेको एनएमबी माइक्रो फाइनान्समा कार्यरत सुजता तामाङको जंगलमा विभत्स तरिकाले हत्या भएको हो ।

साविक भारपा गाविसको वडा नं. १ मा रहेको समुहको बैठकबाट फकिर्ने क्रममा मंगलबार सुजताको हत्या भएको हो । हत्या पश्चात माइक्रो फाइनान्सको समुहबाट संकलन भएको नगद करिब ७८ हजार रुपैयाँ समेत लुटिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पाँचथरकै हिलिहाङ गाउँपालिकामै गत बैसाख २९ गते १५ बर्षिया किशोरी शितल योङहाङको हत्या भएको थियो भने जेष्ठ ६ गते आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो । सुजताको हत्या संगै जिल्लामा करिव १ महिनाको समयमा ११ जनाको हत्या भएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ३ : १९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न