दुतावासबाट पुनः श्रम स्वीकृति जारी गर्ने सफ्टवेयरको निर्माण | Khabarhub Khabarhub

दुतावासबाट पुनः श्रम स्वीकृति जारी गर्ने सफ्टवेयरको निर्माण


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा कार्यरत श्रमिकलाई विदेशस्थित नेपाली नियोगहरुबाट पुनः श्रम स्वीकृति (रिइन्ट्री) जारी गर्ने सफ्टवेयरको निर्माण गरेको छ ।

गत फागुनमा वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएपछि बढीमा दुई पटकका लागि नेपाली नियोगबाट पुनः श्रम स्वीकृति दिन सकिने व्यवस्था गरिएको छ ।

मलेसिया, खाडीका देश तथा मध्यपूर्वमा रोजगारीमा जाने नेपाली कामदार र पेशा व्यवसाय गरेर उतै बसेका गैर आवासीय नेपालीहरुले विगत लामो समयदेखि नै यो माग उठाउँदै आएका थिए । श्रम मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले सफ्टवेयर परीक्षण गरेको जानकारी दिएको छ ।
पसिना बगाएर मुलुकमा रेमिट्यान्स पठाउने कामदारलाई श्रम स्वीकृतिका नाममा लामो समय प्रतिक्षा गराएर अपमान र सास्ती दिने गरिएको उनीहरुको गुनासो रहँदै आएको छ ।

हाल, संस्थागत श्रम स्वीकृति, व्यक्तिगत नयाँ, वैधानिकिकरण र पुनः श्रम स्वीकृतिका माध्यमबाट श्रम स्वीकृति लिए नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको विभागले जनाएको छ । त्यसमा रिईन्ट्रीका माध्यमबाट जाने कामदारको संख्या पनि अत्यधिक छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा पुनः श्रम स्वीकृतिको अनुमतिबाट जानेको संख्या तीन लाखभन्दा बढी रहेको विभागले जानकारी दिएको छ । नियोगबाटै श्रम स्वीकृति वितरण गर्दा नेपाल आउनुपर्ने समस्या समाधान हुने विभागको बुझाई छ ।

सरकारले पुनः श्रम स्वीकृति दिँदा वैदेशिक रोजगार कल्याणकारी कोष र बीमा अनिवार्य गरेको छ । सफ्टवेयरमा ति दुवै शुल्क सम्बन्धित मुलुकबाट भुक्तानी गर्न सकिने व्यवस्था अनलाइनबाट गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ११ : १९ बजे

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित