तपाईं कुन समयमा नुहाउनु हुन्छ ? उत्तम समय थाहा पाइराख्नुहोस् | Khabarhub Khabarhub

तपाईं कुन समयमा नुहाउनु हुन्छ ? उत्तम समय थाहा पाइराख्नुहोस्


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर स्वस्थ रहन तथा स्फुर्तिका लागि सरसफाइ पनि महत्वपूर्ण कार्य हो । सरसफाइमा सामान्य रुपमा हात खुट्टा धुनेभन्दा पनि नुहाउने कार्य विशेष रहन्छ ।

त्यसैले तपाईंलाई लाग्न सक्छ, नुहाने कुरामा न हो जति बेला नुहाए पनि हुन्छ । तर त्यसो होइन कुन समय नुहाउने भन्ने विषयले पनि महत्व राख्दछ । अधिकांश मानिस बिहान नुहाउन रुचाउँछन् । त्यसमा केहीले बेलुकाको समय नुहानु राम्रो हुने तर्क पनि गर्छन् । फुर्सदिला मान्छेका लागि दिउँसो फुर्सदमा आनन्दले नुहाउनु अर्को मज्जाको कुरा होला ।

तर साच्चै भन्ने हो भने कुन समय नुहाउँदा चाहिँ उत्तम हो त हाम्रो शरीर र स्वास्थ्यका लागि ? नुहाउने समय स्थितीमा निर्भर हुन्छ जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदुषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् ।

तपाईंको छाला चिल्लो छ ?

यदि यस्तो हो भने विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।

बिहान दाह्री काट्नुहुन्छ ?

पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण पुरुषले बिहान दाह्री काट्छन् भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

जाँडै उठ्ने बानी छ ?

तपाईंको बिहान चाँडै उठ्ने बानी छ भने बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो उपाय राम्रो होइन ।

राति धेरै पसिना आउँछ ?

जसलाई राती धेरै पसिना आउँछ उसले बिहान नुहाउँदा राम्रो हुन्छ । तर जसले राती सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन ।

राति नुहाउने बानी छ ?

थुप्रै मानिसलाई राति सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपी, केही अनुसन्धानका अनुसार राति नुहाउनुको अर्थ तपाईंको शरिरको तापक्रममा परिवर्तन हुनसक्छ । जसले प्राकृतिक लयमा बाधा पु¥याउन सक्छ र निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नुभन्दा दुई घण्टाअघि नुहाउनुहोस् ।

मेकअप गर्नुहुन्छ ?

यदि तपाईं सन्सस्क्रिम वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ ? यदि त्यस्तो हो भने त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राति नुहाएर मात्र सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।

धुँवा धुलोमा काम गर्नु हुन्छ ?

अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ । त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ । यसकारण नुहाउने निर्णय आफ्नो शरिर वा दिनचर्याको हिसाबले गर्नुहोस् । तर धेरै पटक नुहाउनबाट बच्नुहोस् । धेरै नुहाउँदा तपाईंको शरिरको गुड ब्याक्टेरिया जस्तै तपाईंको रक्षा गर्दछ, लाई नष्ट हुनसक्छन् र तपाईंको छाला संक्रमण हुने आशंका बढ्ने गर्दछ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ४ : ५१ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा