वैदेशिक रोजगारीमा सार्क राष्ट्रको साझा समस्या, एउटै कामलाई फरक मापदण्ड ! | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा सार्क राष्ट्रको साझा समस्या, एउटै कामलाई फरक मापदण्ड !


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का ८ देशबाट रोजगारीको खोजीमा विदेशीने श्रमिकको मुख्य समस्या तलब, स्वास्थ्य र कममा अदक्ष देखिएको छ ।

यी देशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकले यीनै समस्याका कारण रोजगारदाता देशमा धेरै कष्ट भोगिरहेका छन् । यो विषयमा सार्क सदस्य राष्ट्रहरुले साझा मापदण्ड बनाउने प्रयास गरिरहेका छन् । सार्कदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारको एउटै मागसहितको साझा मापदण्ड निर्माण भएपनि १९ औं सार्क सम्मेलन समयमा हुन नसक्दाँ मापदण्डले पूर्णता पाउन सकेको छैन ।

सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारको मुख्य समस्या भनेको स्वास्थ्य, अदक्ष र तलब सुविधामा मतभेद नै रहेको साउथ एसिया ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले बताए ।

सार्क राष्ट्रबाट रोजगारीको खोजीमा विदेशिएका श्रमिकका विषयमा संयुक्त सहमति नगर्दा रोजगारीका लागि जाने कामदारलाई स्रोत देशले विभेद गरिरहेको महासचिव बस्नेतले बताए । ‘सार्क मुलुकबाट रोजगारीमा जाने कामदारको साझा मापदण्ड निर्माण गर्न जोड दिनुपर्छ । मापदण्डमा कामदारको सेवा सुविधासँग सुरक्षाका विषयमा एउटै खाका निर्माण गरेर श्रम सम्झौता गर्नुपर्छ’ उनले भने, ‘रोजगारीमा जाने कामदारको सौदावाजीमा ध्यान दिएर श्रम सम्झौता गर्नुपर्छ । रोजगारदाता देशले कामदार लिँदा आवश्यक तालिम केन्द्र खोल्ने विषयमा सवै सार्क देश एकजुट हुन आवश्यक ।’

रोजगारीका लागि तेस्रो देश जाने श्रमिककाबीचमा विचौलिया छिरेर ठूलो समस्या सिर्जना गरिरहेको उनको भनाइ छ । स्वास्थ्य, व्यक्तिगत सुरक्षा जाँच र अन्य परीक्षण गर्ने बाहानामा कामदार तथा सरकारबीचको दूरी घटाउने काम गरिरहेको महासचिव बस्नेतको बुझाइ छ । यस्ता विकृति रोक्न पनि सार्क देशले एउटै आवाजसहितको मापदण्ड बनाउनुपर्ने उनको तर्क छ ।

सार्क देशका आठ मुलुक मध्ये भारत, नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तानका नागरिक बढी वैदेशिक रोजगारीमा जाने गरेका छन् । यी ५ वटा देशबाट मात्रै वार्षिक १ करोडभन्दा बढी युवा कामको खोजीमा तेस्रो देश जाने आएको साउथ एसिया ट्रेड युनियन काउन्सिलको एक अध्ययनमा उल्लेख छ । जसमध्ये ६० प्रतिशतभन्दा धेरै कामदार अदक्ष रहने गरेको छ काउन्सिलको अध्ययनले देखाएको छ ।

र्कदेशहरुबाट धेरै श्रमिक रोजगारीका लागि खाडीका देश, मलेसिया, युरोप र अफ्रिका जाने गरेका छन् । काउन्सिलको अध्ययनअनुसार, हाल एशियाली राष्ट्रबाट वार्षिक रुपमा करीब ३ करोड ६० लाख कामदार रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । जसमा ३० प्रतिशत महिला पर्छन् ।

सार्क मुलुकबाट रोजगारीमा जाने कामदारलाई रोजगारदाता देशले पारिश्रमिक र अन्य सुविधामा विभेद गरेर कामदार लिइरहेका छन् । सार्क राष्ट्रबाट कामको खोजीमा जाने कामदारलाई रोजगारदाता देशले फरक व्यवहार र सेवासुविधा दिने गरेको श्रमिकका पक्षमा वकालत गर्दै आएका मजदुर संगठनले आवाज उठाउँदै आएकाहरुले गर्ने गरेका छन् । सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारमध्ये धेरै समस्यामा नेपाली, भारतीय, बंगालदेश र श्रीलंका पर्ने गरेका छन् ।

वार्षिक १० हजारभन्दा बढीको मृत्यु 

सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा गएका वार्षिक १० हजारभन्दा बढी श्रमिकले रोजगारदाता देशमा ज्यान गुमाउने गरेको आकलन छ । वैदेशिक रोजगारीको क्रममा वार्षिक १ हजार नेपाली रोजगारदाता देशमा ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तंथ्याकमा उल्लेख गरिएको छ ।

रोजगारीका गएका मध्ये वार्षिक ५सय भन्दा धेरै नेपाली विदेशमा अंगभंग भएर स्वदेश फकिने गरेका छन् । उनीहरु काम गर्ने नसक्ने अवस्थाको भएर स्वदेश फर्किने गरेका छन् ।

सार्क राष्ट्रबाट वैदेशिक रोजगारीमा गएका करिब २ लाखभन्दा धेरै कामदार बिरामी भएर स्वदेश फर्किने गरेका काउन्सिलको अध्ययनले देखाएको छ । उनीहरुको रोजगारदाता देशका कम्पनीले उपचार नगरी दिदाँ स्वास्थ्य अवस्था नाजुक हुने गरेको छ । पछिल्लो समय रोजगारीका क्रममा बिरामी भएर फर्किएका कामदारको उपचार सम्बन्धीत देशका सरकारले ब्योहोर्ने गरेका छन् । रोजगारीका क्रममा मासिक ७ सयभन्दा धेरै नेपाली स्वदेश फर्किने गरेका छन् ।

१० लाखभन्दा धेरै अवैध, ५० हजारभन्दा तस्करी 

सार्क देशबाट रोजगारीको खोजीमा तेस्रो देश पुगेका वार्षिक करिब १० लाख श्रमिक अवैध हुने गरेको श्रमिकका हकहितका लागि काम गदै आएका ट्रेड युनियनले आफनो प्रतिवेदनमा जनाउदै आएका छन् । यी देशबाट काम गर्न गएका श्रमिक सम्झौताअनुसारको तलब, सेवा सुविधा नपाएपछि कम्पनीबाट भागेर काम गर्ने गरेका काउन्सिलले गरेको अध्ययनले देखाएको छ । यसरी भोगेर काम गर्नेमा नेपाली, भारतीय, बंगाली र पाकिस्तानी धेर्रै पर्छन् । कम्पनीबाट भागेर काम गर्दा कर तिर्नुपर्ने र अर्को कम्पनीमा काम गर्ने समय पाउने भएकाले धेरै कम्पनी छोडेर काम गर्ने गरेको पाइन्छ ।

पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर महिला तथा पुरुषको तस्करी भइरहेको छ । यसको सवैभन्दा ठुलो असर भारत, नेपाल, बंगालादेशमा परेको देखिन्छ । सार्क राष्ट्रबाट वार्षिक ५० हजार नागरिक रोजगारीमा नाममा तस्करीमा पर्ने गरेका छन् । भारतीय महिला आयोग र प्रहरीका अनुसार सार्क देशबाट वार्षिक ५० हजार युवा रोजगारीका नाममा तस्करी हुने गरेका छन् । उनीहरुलाई रोजगारीको नाममा तस्करी गरे जोखिम युक्त काम र युद्धग्रस्त देशमा पुराउने गरिएको छ । रोजगारीका नाममा भारत र बंगालदेशको बाटो भएर धेरै महिला तेस्रो देश तस्करी हुने गरेका छन् ।

नेपालबाट रोजगारीका नाममा बार्षिक १० हजारभन्दा धेरै महिला भारत हुँदै तेस्रो देश रोजगारीका लागि तस्करले पुराउन गरेको समाचार यसअघि नै हामीले पोस्ट गरेका छौं ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : २४ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा