सिटी छोड्ने कोम्पनीको घोषणा, पूर्व क्लबका प्रशिक्षक बन्ने | Khabarhub Khabarhub

सिटी छोड्ने कोम्पनीको घोषणा, पूर्व क्लबका प्रशिक्षक बन्ने


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्चेस्टर सिटीका कप्तान भिनसेन्ट कोम्पनीले क्लब छाड्ने निर्णय गरेका छन् । शनिबार राति एफए कपको उपाधि सिटीलाई दिलाएसँगै बेल्जियमका स्टार खेलाडी भिसेन्ट कोम्पनीले क्लब छाड्ने निर्णय गरेका हुन् ।

सिटीसँगको ११ वर्षे सहयात्रा तोड्दै उत्कृष्ठ डिफेन्डर कोम्पनीले पूर्व क्लव एन्डरलेचमा प्रशिक्षकको जिम्मेवारीमा काम गर्ने बताएका छन् ।

एन्डरलेच बेल्जियमको ए डिभिजन लिग क्लब हो । उनले आफूसँग भएको ज्ञान नयाँ पुस्तासँग साट्ने उदेश्यले प्रशिक्षकको भूमिका निर्वाह गर्ने योजना बनाएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

३३ वर्षे डिफेन्डरले २००३ देखि २००६ सम्म एन्डरलेचबाट खेलेका थिए । ३ वर्ष एन्डरलेचमा बसेका उनले ७३ खेल खेल्दै ५ गोल गरेका थिए ।
शनिवार राति एफए कपको फाइनलमा वार्टफोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै सिटीलाई ‘डोमेस्टिक ट्रिबल’ जिताएका कोम्पनीले उक्त फाइन खेल नै क्लबका लागि अन्तिम खेल भएको घोषणा गरे ।

सिटीमा रहँदा २००८ देखि २०१९ सम्म गरी ११ वर्ष विताएका उनले ४ पटक इङ्ग्लिस प्रिमियर लिग उपाधि र ४ वटै पटक लिग कप जिताएका थिए ।

‘यो निकै कठिन निर्णय हो, जुन मैले कहिलै सोचेको थिएन ।’ आफ्नो जीवन कालको ५ वर्षदेखि नै फुटबलमा लागेका कोम्पनी भने,‘म मेरो ज्ञान आउँदो पुस्तासम्म पुर्याउन चाहन्छु ।’

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : ०७ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना