शेयर बजारमा सामान्य गिरावट | Khabarhub Khabarhub

शेयर बजारमा सामान्य गिरावट


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आइतबार पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५ मूल्यमा कारोवार भए । स्टकका अनुसार कारोवार १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर घटेको छ भने छ उपसमूहकै शेयर भने वृद्धि भएको छ । बैंकिङ ४.२२, व्यापार ८.४५, होटल १२.१९, निर्जीवन बीमा ५९.०३, लघुवित्त ८.५० र जीवन बीमा ५९.७३ बिन्दुले घटेको छ ।

यस्तै विकास बैंक ८.८२, जलविद्युत् ३.०३, वित्त ५.३६, उत्पादन १००.२६, अन्य १.९६ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेड रु २२ करोड ६८ लाख १९ हजार १४७, शिवम् सिमेन्ट रु १८ करोड ७० लाख ९० हजार ८८३, बुटवल पावर कम्पनी रु तीन करोड २९ लाख ३२ हजार ६०८, प्रभु बैंक लिमिटेड रु तीन करोड २४ लाख ७८ हजार ३५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

शिव्म सिमेन्टका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक ९.९०, रिलायन्स फाइनान्स ८.५३, प्राग्रेसिभ फाइनान्स लिमिटेड ७.८४, बरुण हाइड्रो पावरका शेयरधनीले ७.६९ प्रतिशतले कमाए । यस्तै विशाल बजार कम्पनी ५.७८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.३९, आइएमइ जनरल इन्स्योरेन्स ५.२८, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ५९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन