विश्वकप क्रिकेट : ब्राभो र पोलार्ड वैकल्पिक खेलाडीको सूचिमा | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : ब्राभो र पोलार्ड वैकल्पिक खेलाडीको सूचिमा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेष्ट इन्डिजले विश्वकप क्रिकेटका लागि चर्चित खेलाडी ड्यान ब्राभो र किरोन पोलार्डलाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ ।

मे ३० देखि इङ्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप आउन ११ दिनमात्रै बाँकी रहेको छ । विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरिसकेको वेस्ट इन्डिजले यि दुई खेलाडीसहित अन्य ८ जनालाई वैकल्पिक खेलाडीको सूचिमा स्थान दिएको छ ।

गएको अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएर फर्किएका ब्राभो १० सदस्यीय वैकल्पिक टोलीमा अटाएका हुन् भने इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै मुम्बई इन्डियन्सलाई उपाधि दिलाएउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

वेष्ट इन्डिजले विश्वकपको पहिलो खेल मे ३१ मा पाकिस्तानसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।

वेष्ट इन्डिज टोली

जसोन होल्डर (कप्तान), क्रिस गेल, केमर रोच, दारेन ब्राभो, आन्द्रे रसेल, शाइ होप, सेल्डोन कोट्रेल, इभान लुइस्, श्यानन ग्राब्रीयल, कार्लोस बार्थवेक्ष्ट, आस्ले नुर्स, सिमरोन हेटमायर, फावियन एलेन, ओसाने थोमस, निकोलास पुरान

वैकल्पिक खेलाडी

सुनिल अब्रिस, ड्यान ब्राभो, जोन क्याम्पबेल, जोनाथन कार्टेर, रोष्टन चेस, साने विच, किमो पाउल, खर्या पियरे, रेमोन रेइफेर, किरोन पोलार्ड

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ४२ बजे

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जाकर्ता– खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया– सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै  

काठमाडौं– सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको