दबाव नलिई विश्वकप खेल्छौं – अफ्रिकी कप्तान प्लेसिस | Khabarhub Khabarhub

दबाव नलिई विश्वकप खेल्छौं – अफ्रिकी कप्तान प्लेसिस


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले यसअघिका विश्वकप क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेको बताए ।

आइतबार अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग कुरा गर्दै कप्तान डु प्लेसिसले १२ सम्म आइपुग्दा यसअघिका प्रतियोगिताहरुमा अनावश्यक दबाब लिने गरेको बताएका छन् ।

विश्व क्रिकेटको हस्ती मध्येको अफ्रिकाले अन्य प्रतियोगितामा राम्रो पर्दन गरेपनि विश्वकपमा भने फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन । तर, इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्किपर डु प्लेसिसको नेतृत्वमा राम्रो प्रदर्शन गर्ने अनुमान लगाइएको छ ।

‘यसअघिका विश्वकपहरुमा हामीले सुपरम्यानका रुपमा प्रदर्शन गर्न खोज्यौं । हामीले चहाएका छौं यो विश्वकप अझै विषेश हुनेछ । हामी अहिलेसम्मका भन्दा राम्रो प्रर्दशन गर्न चाहान्छौं र अघिल्लो संस्करणहरुमा हामीले राम्रो गर्न सकेको छैन्,’ कप्तान डु प्लेसिसले भने,‘हामीले विगतमा कहिलै पनि राम्रो गर्न सकेका छैनौं । इङ्ग्ल्यान्डमा हामी राम्रो क्रिकेट खेल्नेछौं । तर, हामी आफूमा दबाब पनि रहेको छ । हामी मात्रै क्रिकेटमा रमाउने प्रयास गर्नेछौं ।’

डु प्लेसिसले खेलाडीहरुलाई हार्ने डरबाट माथि उठ्नु जरुरी रहेको पनि बताए । हामीले एक वर्ष वा दुई वर्षअगाडि देखि नै मेन्टल्ली तयार भइरहेका थियौं । कप्तानका रुपमा म आफु पनि एक किसिमले यसअघिका कप्तान भन्दा तयार छु,’ उनले भने,‘तर, म विश्वस्त छु । कि यो हामीले राम्रो गर्न सक्ने ठाउँ पनि हो । म त्यो ठाउँमा छु र दबाब के हो भन्ने पनि जानेको छु ।’

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ११ : ३९ बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो