ड्युटीका क्रममा बेहोस भएका सैनिक जवानको मृत्यु | Khabarhub Khabarhub

ड्युटीका क्रममा बेहोस भएका सैनिक जवानको मृत्यु


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेनाको बारादल गणमा कार्यरत सैनिक जवानको मृत्यु भएको छ ।

ड्युटीमा रहेका बेला बेहोस भएर ढलेका सैनिक जवान २८ वर्षीय देवीराम जैसीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

जैसी शनिबार राति १२ बजेदेखि ३ बजेसम्मका लागि ड्युटीमा थिए । उनी ड्युटीमै रहेका बेला बेहोस भएर ढलेका थिए ।

बेहोस भएलगत्तै उपचारका लागि लगिए पनि बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार जैसीको शव अहिले वीरगन्जस्थि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : ५८ बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा