विप्लवका कार्यकर्ता डोटीबाट पक्राउ | Khabarhub Khabarhub

विप्लवका कार्यकर्ता डोटीबाट पक्राउ


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् ।

जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आज पुर्‍याएको छ । पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

पक्राउ परेका थापासँग शुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ । उक्त कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति अज्ञात समूहले आगजनी गरेको थियो ।

यद्यपि सो समूहले भने अझै घटनाको जिम्मेवारी लिएको छैन । बडीकेदार गाउँपालिकामा ‘विफ्लव’ समूहको सक्रियता बढ्दो त्रममा छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६