वायर्न म्युनिख बन्यो सातौं पटक च्याम्पियन | Khabarhub Khabarhub

वायर्न म्युनिख बन्यो सातौं पटक च्याम्पियन


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायर्न म्युनिखले फ्रान्कफर्टलाई पराजित गर्दै जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टमाथि ५–१ गोलको शानदार जित निकाल्दै वायर्न च्याम्पियन बन्यो ।

फ्रान्कफर्टलाई पराजित गरेसँगै वायर्नले लगातार सातौं सिजनको बुन्डेस लिगाको उपाधि उचालेको हो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन किंग्सले कोम्यान, डेभिड अल्बा, रेनाटो सान्चेज,फ्रान्क रिबेरी र आर्जेन रोबेनले एक एक गोल गरे । फ्रान्कफर्टका सेबास्टीयन हाल्लरले एक गोल फर्काए ।

फ्रान्कफर्टलाई पराजित गरेसंगै वायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो । बोरुसिया डर्टमण्डलाई २ अंकले पछि पार्दै वायर्नले उपाधि हात पार्यो । दोस्रो स्थानमा रहेको डर्टमण्डको ७६ अंक रह्यो ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : १२ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय