महासचिव पौडेल भन्छन्–श्रीमतीको नामको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

महासचिव पौडेल भन्छन्–श्रीमतीको नामको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा (विज्ञप्तिसहित)


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको विज्ञप्ति जारी गर्दै प्रष्ट पारेका छन् ।

नवलपरासी जिल्लाको वर्दघाटमा श्रीमतिको नाममा रहेको जग्गा बेचेर बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३  (कूल आठ आना) जग्गा किनेको बताएका छन् ।

उक्त जग्गा छोरा नवीन पौडेलको नाममा रहेको छ ।

शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले बालुवाटारको जग्गाका विषयमा जनमानसमा भ्रम छर्ने काम भएको दाबी गरेका छन् ।  उनले वास्तविकता ओझेलमा पार्ने काम भएको भन्दै विज्ञप्तिमार्फ प्रकाशित/प्रशासिरत समाचारप्रति दुःख व्यक्त गरेका छन् ।

प्रेस वक्तव्य

१. नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले मुलुकलाई जनआकांक्षाअनुरुप सुशासन, विकास र समृद्धिको नयाँ युगतर्फ अघि बढाइरहेको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प साकार हुने भरोसा मजबुत हुँदैछ । मुलुकमा सुशासन कायम हुन्छ, देशमा विकास हुन्छ, नेपालीले सुख–भोग गर्न पाउँछन्, विश्व मानचित्रमा नेपाल गौरवशाली राष्ट्रका रुपमा स्थापित हुन्छ र यो हाम्रै पुस्तामा हुन्छ भन्ने विश्वास बढ्दो छ । समाज रुपान्तरणका लागि चालिने हरेक कदममा सहभागी हुनु हामी सबैको साझा जिम्मेवारी हो । म यसअनुरुप अधि बढ्न प्रतिबद्ध छु र यसनिम्ति जस्तोसुकै जुनुसकै योगदान गर्न तत्पर छु ।

२. नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाइरहेको छ । यसका लागि राज्यका सम्बन्धित संयन्त्रहरू परिचालित भएका छन् । खोजी तथा छानविनका कार्यहरू भइरहेका छन् । गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ बनाउन वर्तमान सरकारले सञ्चालन गरिरहेको अभियानलाई सहयोग पु¥याउनु मैले मेरो कर्तव्य ठानेको छु । बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्दछु ।

३. म, मेरो छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तबिकता ओझेल पर्नेगरी प्रकाशित÷प्रसारित समाचारहरूप्रति दुःख व्यक्त गर्दछु । सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु । मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।

४. २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँदछु । २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै मेरो श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट उक्त जग्गा खरिद गरिएको र त्यतिबेला म विष्णुप्रसाद पौडेल मन्त्री, साँसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको व्यहोरा पनि अवगत गराउन चाहन्छु ।

५. मैले काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गा २०६४ सालमा रुपन्देही जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरेको छु र मन्त्री भएका बखत सार्वजनिक गरिएको सम्पत्ति विवरणमा समेत उल्लेख हुँदै आएको छ ।

६. अन्त्यमा, यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस् र छानविनका निष्कर्षहरू कार्यान्वयन होउन् भन्ने अपेक्षा गर्दछु । राज्यको सम्पत्ति र राजनीतिक नेतृत्वको नैतिक मूल्यको पक्षमा चिन्ता र चासो व्यक्त गर्नुहुने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरू प्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाइएका आरोपहरू पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु । साथै सत्यको कसीमा ती आरोपहरू स्वतः खण्डित हुनेछन् भन्ने दृढ विश्वास पनि व्यक्त गर्दछु ।

विष्णुप्रसाद पौडेल

बुटवल – ८, रुपन्देही

मिति:- २०७५ वैशाख ६

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ७ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६