नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय | Khabarhub Khabarhub

नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार (आज) बृहत अन्तक्रिया गरेको छ ।

नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पुर्‍याउने र खेर गैरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको जानकारी दिइन् । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेशियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भईरहेको स्पष्ट पारिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता सबै नेपाली जनतालाई आधारभूत खानेपानीको पहुँच पुर्‍याउने हो र सँगसँगै हिमालबाट बगेर खेर गैरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौं । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पुरै प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाइ छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भईरहेको उनले जानकारी दिइन् ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राखे । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताए । ‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौं ’ सचिव शर्माले भने ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिएका थिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा कम गर्न पानी निर्यात उपयुक्त हुने दृष्टिकोण राखे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भईरहेको बताए । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासले जानकारी दिए ।

पूर्व सचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्न सुझाव दिए ।
उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको पानीमा लगानी गर्न विदेशी कम्पनीहरुलाई आव्हान गर्नुपूर्व सरकारले मुहान र जग्गा जमिन उपलब्ध गराउनुपर्ने धारणा राखे ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ग्लेशियर र स्प्रिङ वाटरको प्रचुर सम्भावना रहेको बताउँदै नेपालले पानी निर्यात गरी फाइदा लिन सक्नुपर्ने बताए । अर्का वक्ता विष्णु दाहालले पानी बिक्री गरेर मात्रै नेपालको समृद्धि हासिल हुने ठोकुवा गरे । उनले हामीसँग भएको स्रोतको उचित प्रयोग गरी पानी निर्यात गर्न ढिलाई गर्न नहुने धारणा राखे ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ४६ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको